तियानआनमेन स्क्वायर घटनाको २५ बर्ष

तियानआनमेन स्क्वायर घटनाको २५ बर्ष

सन् १९८९ को बसन्त ऋतुमा दशलाख भन्दा बढी चिनीयां विद्यार्थी तथा मजदुरहरुले बेइजींगको तिआनआनमेन चोकमा भेला भएर कम्युनिष्ट चीनको इतिहासमा नै सबैभन्दा ठूलो राजनीतिक विरोध प्रदर्शन शुरु गरेका थिए। छ हप्तासम्म चलेको विरोध प्रदर्शन जुन महिनाको ३-४ तारिखमा आम नरसंहारमा परिणत भएर समाप्त भएको थियो।
तस्बिरको क्याप्शन, सन् १९८९ को बसन्त ऋतुमा दशलाख भन्दा बढी चिनीयां विद्यार्थी तथा मजदुरहरुले बेइजींगको तिआनआनमेन चोकमा भेला भएर कम्युनिष्ट चीनको इतिहासमा नै सबैभन्दा ठूलो राजनीतिक विरोध प्रदर्शन शुरु गरेका थिए। छ हप्तासम्म चलेको विरोध प्रदर्शन जुन महिनाको ३-४ तारिखमा आम नरसंहारमा परिणत भएर समाप्त भएको थियो।
एप्रील १५ तारिखमा कम्युनिष्ट पार्टीका भूतपूर्व प्रमुख हु याओबांगको हृदयाघातबाट ७३ बर्षको उमेरमा निधन भएको थियो। त्यसप्रति दु:ख व्यक्त गर्न शोकाकुल मानिसहरु तिआनआनमेन स्क्वायरमा भेला भएका थिए। तिनीहरुले चीनमा सुधारको गतिमा भैरहेको ढिलाईप्रति पनि असन्तोष व्यक्त गरेका थिए।
तस्बिरको क्याप्शन, एप्रील १५ तारिखमा कम्युनिष्ट पार्टीका भूतपूर्व प्रमुख हु याओबांगको हृदयाघातबाट ७३ बर्षको उमेरमा निधन भएको थियो। त्यसप्रति दु:ख व्यक्त गर्न शोकाकुल मानिसहरु तिआनआनमेन स्क्वायरमा भेला भएका थिए। तिनीहरुले चीनमा सुधारको गतिमा भैरहेको ढिलाईप्रति पनि असन्तोष व्यक्त गरेका थिए।
विस्तारै बेइजींगको तियानआनमेनमा हजारौं मानिसहरुको भिड लाग्न थाल्यो र देशभरका अन्य शहर र विश्वविद्यालयहरुमा पनि विरोध प्रदर्शन फैलन पुग्यो।
तस्बिरको क्याप्शन, विस्तारै बेइजींगको तियानआनमेनमा हजारौं मानिसहरुको भिड लाग्न थाल्यो र देशभरका अन्य शहर र विश्वविद्यालयहरुमा पनि विरोध प्रदर्शन फैलन पुग्यो।
विद्यार्थी, मजदुर तथा अधिकारीहरुले अझ बढी स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै नाराबाजी गरेका थिए। तिनीहरुले तानाशाहीको अन्त्यको निम्तिी पनि आवाज उठाएका थिए। अन्यले महंगी, कम तलब र बसोबासको कमजोर व्यवस्थाका बारे गुनासो गरेका थिए।
तस्बिरको क्याप्शन, विद्यार्थी, मजदुर तथा अधिकारीहरुले अझ बढी स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै नाराबाजी गरेका थिए। तिनीहरुले तानाशाहीको अन्त्यको निम्तिी पनि आवाज उठाएका थिए। अन्यले महंगी, कम तलब र बसोबासको कमजोर व्यवस्थाका बारे गुनासो गरेका थिए।
नेता हु को स्मृति समारोह भैरहंदा तियानआनमेन स्क्वायरस्थित ग्रेट हल अफ द पीपल सभागृह बाहिर दशौं हजार विद्यार्थीहरु जम्मा भएका थिए। नगरका अधिकारीहरुले प्रदर्शनकारीहरुलाई गम्भीर सजायं दिइने भनेका भएता पनि त्यहां भिड जम्मा भएको थियो। आफ्ना मागहरु सहित ज्ञापनपत्र प्रधानमन्त्री ली पेंगलाई बुझाउने उनीहरुको आग्रहलाई अस्वीकार गरिएको थियो।
तस्बिरको क्याप्शन, नेता हु को स्मृति समारोह भैरहंदा तियानआनमेन स्क्वायरस्थित ग्रेट हल अफ द पीपल सभागृह बाहिर दशौं हजार विद्यार्थीहरु जम्मा भएका थिए। नगरका अधिकारीहरुले प्रदर्शनकारीहरुलाई गम्भीर सजायं दिइने भनेका भएता पनि त्यहां भिड जम्मा भएको थियो। आफ्ना मागहरु सहित ज्ञापनपत्र प्रधानमन्त्री ली पेंगलाई बुझाउने उनीहरुको आग्रहलाई अस्वीकार गरिएको थियो।
सरकारी समाचारपत्र द पीपल्स डेली ले प्रदर्शनकारीहरुलाई कम्युनिष्ट पार्टी अस्वीकार गरेको आरोप लगाउंदै असन्तोष विरुद्ध स्पष्ट अडान लिनु पर्ने आवश्यकता भन्ने शिर्षकमा सम्पादकीय छापेको थियो। उक्त पत्रिकाले चीनका आनौपचारिक सर्वोच्च नेता देंग शियाओपींगको धारणा प्रतिबिम्बीत गर्ने गर्दथ्यो। त्यसबाट सार्वजनिक आक्रोश झन बढ्न पुग्यो।
तस्बिरको क्याप्शन, सरकारी समाचारपत्र द पीपल्स डेली ले प्रदर्शनकारीहरुलाई कम्युनिष्ट पार्टी अस्वीकार गरेको आरोप लगाउंदै असन्तोष विरुद्ध स्पष्ट अडान लिनु पर्ने आवश्यकता भन्ने शिर्षकमा सम्पादकीय छापेको थियो। उक्त पत्रिकाले चीनका आनौपचारिक सर्वोच्च नेता देंग शियाओपींगको धारणा प्रतिबिम्बीत गर्ने गर्दथ्यो। त्यसबाट सार्वजनिक आक्रोश झन बढ्न पुग्यो।
देशका कम्तीमा पांचवटा ठूला शहरहरुमा दशौं हजार विद्यार्थीले प्रजातन्त्रको समर्थनमा ठूला प्रदर्शनहरु गरे, जुन चालिस बर्षअघि कम्युनिष्टहरुले शासन सम्हालेयताको सबैन्दा ठूला र्यालीहरु थिए।
तस्बिरको क्याप्शन, देशका कम्तीमा पांचवटा ठूला शहरहरुमा दशौं हजार विद्यार्थीले प्रजातन्त्रको समर्थनमा ठूला प्रदर्शनहरु गरे, जुन चालिस बर्षअघि कम्युनिष्टहरुले शासन सम्हालेयताको सबैन्दा ठूला र्यालीहरु थिए।
देशमा सोभियत नेता मिखाइल गोर्वाचेभको भ्रमण अघि सयौं विद्यार्थीहरुले राजनीतिक सुधारको माग गर्दै तियानआनमेन स्क्वायरमा अनिश्चितकालीन भोक हडताल शुरु गरेका थिए। वार्ताका लागि आफूहरुले गरेका माग सरकारले बेवास्ता गरेपछि आफूहरुले त्यस्तो कदम चाल्नु परेको उनीहरुको भनाई थियो।
तस्बिरको क्याप्शन, देशमा सोभियत नेता मिखाइल गोर्वाचेभको भ्रमण अघि सयौं विद्यार्थीहरुले राजनीतिक सुधारको माग गर्दै तियानआनमेन स्क्वायरमा अनिश्चितकालीन भोक हडताल शुरु गरेका थिए। वार्ताका लागि आफूहरुले गरेका माग सरकारले बेवास्ता गरेपछि आफूहरुले त्यस्तो कदम चाल्नु परेको उनीहरुको भनाई थियो।
तीस बर्षमा पहिलो पल्ट चीन र रुसबीच हुनलागेको दुइपक्षीय शिखर बैठकका लागि मिखाइल गोर्वाचेभ बेइजींग पुग्छन्। तर उनलाई तियानआनमेन स्क्वायरमा स्वागत गर्ने योजना त्यहां जारी ठूलो स्तरका विरोध प्रदर्शनहरुका कारण रद्द गरिन्छ, जुन सरकारका लागि ठूलो लज्जाको विषय हुन पुग्छ।
तस्बिरको क्याप्शन, तीस बर्षमा पहिलो पल्ट चीन र रुसबीच हुनलागेको दुइपक्षीय शिखर बैठकका लागि मिखाइल गोर्वाचेभ बेइजींग पुग्छन्। तर उनलाई तियानआनमेन स्क्वायरमा स्वागत गर्ने योजना त्यहां जारी ठूलो स्तरका विरोध प्रदर्शनहरुका कारण रद्द गरिन्छ, जुन सरकारका लागि ठूलो लज्जाको विषय हुन पुग्छ।
चिनीयां कम्युनिष्ट पार्टीका सचिव, जेनरल झाओ झीयांगले सम्झौताको अन्तिम असफल प्रयासका रुपमा विद्यार्थीहरुलाई भेट्न जान्छन्। उनका साथमा ली पेंग, वेन जीयाबाओ पनि गएका थिए।
तस्बिरको क्याप्शन, चिनीयां कम्युनिष्ट पार्टीका सचिव, जेनरल झाओ झीयांगले सम्झौताको अन्तिम असफल प्रयासका रुपमा विद्यार्थीहरुलाई भेट्न जान्छन्। उनका साथमा ली पेंग, वेन जीयाबाओ पनि गएका थिए।
त्यसपछि मे २० तारिखमा बेइजींगको विभिन्न क्षेत्रमा सैन्य कानून लागू भएको घोषणा गरिन्छ र शहरको केन्द्र तर्फ सैनिकहरु अघि बढ्छन्।
तस्बिरको क्याप्शन, त्यसपछि मे २० तारिखमा बेइजींगको विभिन्न क्षेत्रमा सैन्य कानून लागू भएको घोषणा गरिन्छ र शहरको केन्द्र तर्फ सैनिकहरु अघि बढ्छन्।
सडहरुमा छेकबारहरु खडा गरेर गैरसैनिकहरुको ठूलो संख्याले सैनिक वाहनहरुलाई रोकीदिएका थिए। गैरसैनिकहरुमाथि गोली चलाउने अधिकार सैनिकहरुलाई दिइएको थिएन।
तस्बिरको क्याप्शन, सडहरुमा छेकबारहरु खडा गरेर गैरसैनिकहरुको ठूलो संख्याले सैनिक वाहनहरुलाई रोकीदिएका थिए। गैरसैनिकहरुमाथि गोली चलाउने अधिकार सैनिकहरुलाई दिइएको थिएन।
त्यसपछिको हप्ता विना कुनै सुरक्षा उपस्थिती विरोध प्रदर्शनहरु जारी रहेका थिए।
तस्बिरको क्याप्शन, त्यसपछिको हप्ता विना कुनै सुरक्षा उपस्थिती विरोध प्रदर्शनहरु जारी रहेका थिए।
तियानआनमेन स्क्वायरमा खुशीयालीको जस्तो वातावरण छाएको थियो। तर सरकारी मुख्यालयमा चीनका नेताहरुले राजधानीमा विरोध प्रदर्शन र भद्रगोलको स्थिती अन्त्य गर्न नयां आक्रामक योजनाहरु बनाइरहेका थिए। कम्युनिष्ट पार्टीका अगुवाहरुले बल प्रयोग गरेर "प्रतिक्रान्तिकारी दंगा" लाई अन्त्य गर्ने निर्णयलाई अनुमोदन गरे।
तस्बिरको क्याप्शन, तियानआनमेन स्क्वायरमा खुशीयालीको जस्तो वातावरण छाएको थियो। तर सरकारी मुख्यालयमा चीनका नेताहरुले राजधानीमा विरोध प्रदर्शन र भद्रगोलको स्थिती अन्त्य गर्न नयां आक्रामक योजनाहरु बनाइरहेका थिए। कम्युनिष्ट पार्टीका अगुवाहरुले बल प्रयोग गरेर "प्रतिक्रान्तिकारी दंगा" लाई अन्त्य गर्ने निर्णयलाई अनुमोदन गरे।
विभिन्न दिशाबाट तियानआनमेन स्क्वायरमा सेना अघि बढ्ने क्रममा, जुन ३ तारिख अबेर तिर देखि राजधानीका सडकहरुमा ट्यांकहरु गुड्न थालेका थिए।
तस्बिरको क्याप्शन, विभिन्न दिशाबाट तियानआनमेन स्क्वायरमा सेना अघि बढ्ने क्रममा, जुन ३ तारिख अबेर तिर देखि राजधानीका सडकहरुमा ट्यांकहरु गुड्न थालेका थिए।
जनुमुक्ति सेना, पीएलए, का सैनिकहरु बेइजींगको केन्द्र तर्फ अघि बढ्न शुरु गरे। तिनीहरुलाई रोक्न मानिसहरु सडकहरुमा उत्रिए र तियानआनमेन स्क्वायर तर्फ जाने बाटोहरुमा छेकबार लगाए।
तस्बिरको क्याप्शन, जनुमुक्ति सेना, पीएलए, का सैनिकहरु बेइजींगको केन्द्र तर्फ अघि बढ्न शुरु गरे। तिनीहरुलाई रोक्न मानिसहरु सडकहरुमा उत्रिए र तियानआनमेन स्क्वायर तर्फ जाने बाटोहरुमा छेकबार लगाए।
ति छेकबारहरु बख्तरबन्द सवारी साधनहरुको मद्दतले भत्काउंदै अघि बढ्ने प्रयासमा केहि सैनिकहरुले निहत्था गैरसैनिक नागरिकहरुमाथि गोली चलाएका थिए, जुन क्रममा कयौंको ज्यान गयो भने थुप्रै घाइते भए।
तस्बिरको क्याप्शन, ति छेकबारहरु बख्तरबन्द सवारी साधनहरुको मद्दतले भत्काउंदै अघि बढ्ने प्रयासमा केहि सैनिकहरुले निहत्था गैरसैनिक नागरिकहरुमाथि गोली चलाएका थिए, जुन क्रममा कयौंको ज्यान गयो भने थुप्रै घाइते भए।
शान्तिपूर्ण आम विरोध प्रदर्शनमाथि सेनाले एकाएक गरेको चरम कार्वाहीबाट स्तब्ध र हतास स्थानीयबासीले रिक्साहरुमा राखेर घाइतेलाई अस्पतालहरुमा लगेका थिए।
तस्बिरको क्याप्शन, शान्तिपूर्ण आम विरोध प्रदर्शनमाथि सेनाले एकाएक गरेको चरम कार्वाहीबाट स्तब्ध र हतास स्थानीयबासीले रिक्साहरुमा राखेर घाइतेलाई अस्पतालहरुमा लगेका थिए।
कम्युनिष्ट शासनमा यसअघि कहिल्यै नदेखिएको चरम रक्तपातपूर्ण घटनामा, रातभर भएको कार्वाही पछि तियानआनमेन स्क्वायरलाई खाली गरियो। नयां दिनको शुरुआत हुंदा राजधानी पूर्ण स्तब्ध स्थितीमा थियो। आक्रोश र कौतुहलको अवस्थामा रहेका हजारौं स्थानीयबासी स्क्वायरको उतरपूर्वी प्रवेश मार्ग छेकेर उपस्थित भए। सैनिकहरुले फेरि गोली चलाए जुन क्रम छिटफुट रुपमा दिन भर जारी रह्यो।
तस्बिरको क्याप्शन, कम्युनिष्ट शासनमा यसअघि कहिल्यै नदेखिएको चरम रक्तपातपूर्ण घटनामा, रातभर भएको कार्वाही पछि तियानआनमेन स्क्वायरलाई खाली गरियो। नयां दिनको शुरुआत हुंदा राजधानी पूर्ण स्तब्ध स्थितीमा थियो। आक्रोश र कौतुहलको अवस्थामा रहेका हजारौं स्थानीयबासी स्क्वायरको उतरपूर्वी प्रवेश मार्ग छेकेर उपस्थित भए। सैनिकहरुले फेरि गोली चलाए जुन क्रम छिटफुट रुपमा दिन भर जारी रह्यो।
जुन ५ तारिखसम्ममा सेनाले बेइजींगको पूर्ण नियन्त्रण हासिल गरिसकेको थियो तर उसले अद्भुत अवज्ञाको सामना गर्न बांकी नै थियो। तियानआनमेन स्क्वायर तर्फ अघि बढ्दै गरेको ट्यांकहरुको लस्करका सामु उभिएर विरोध गर्न खोजेका ति व्यक्तिको अवस्था हालसम्म पनि अज्ञात नै छ।
तस्बिरको क्याप्शन, जुन ५ तारिखसम्ममा सेनाले बेइजींगको पूर्ण नियन्त्रण हासिल गरिसकेको थियो तर उसले अद्भुत अवज्ञाको सामना गर्न बांकी नै थियो। तियानआनमेन स्क्वायर तर्फ अघि बढ्दै गरेको ट्यांकहरुको लस्करका सामु उभिएर विरोध गर्न खोजेका ति व्यक्तिको अवस्था हालसम्म पनि अज्ञात नै छ।
पछि अधिकारीहरुले तियानआनमेन स्क्वायरमा नै भने कसैलाई पनि गोली प्रहार नगरिएको दावी गरेका थिए। उक्त प्रकरणमा कतिजनाको ज्यान गएको थियो भन्ने अझै पनि विवादको विषय रहिआएको छ। कोही केहि सय मानिस मरेका भन्छन् भने कोही केही हजार मारिएका दावी गर्छन्।
तस्बिरको क्याप्शन, पछि अधिकारीहरुले तियानआनमेन स्क्वायरमा नै भने कसैलाई पनि गोली प्रहार नगरिएको दावी गरेका थिए। उक्त प्रकरणमा कतिजनाको ज्यान गएको थियो भन्ने अझै पनि विवादको विषय रहिआएको छ। कोही केहि सय मानिस मरेका भन्छन् भने कोही केही हजार मारिएका दावी गर्छन्।
चीनका नेता देंग शियाओ पिंग स्वयंले नै आफ्नो नेतृत्वलाई सुदृढ तुल्याउन सेना परिचालनको आदेश दिएका बताउने गरिन्छ। जुन ९ तारिखमा पार्टीका कट्टरपन्थी नेताहरुका साथ उनी पीएलएको सम्मानमा आयोजीत समारोहमा देखा परेका थिए। सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै उनले कम्युनिजम् लाई सत्ताच्युत गर्न चाहने प्रतिक्रान्तिकारीहरुका कारण असन्तोष फैलिएको दोष दिंदै उनले सैनिकहरुको प्रयासको प्रशंसा गरेका थिए।
तस्बिरको क्याप्शन, चीनका नेता देंग शियाओ पिंग स्वयंले नै आफ्नो नेतृत्वलाई सुदृढ तुल्याउन सेना परिचालनको आदेश दिएका बताउने गरिन्छ। जुन ९ तारिखमा पार्टीका कट्टरपन्थी नेताहरुका साथ उनी पीएलएको सम्मानमा आयोजीत समारोहमा देखा परेका थिए। सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै उनले कम्युनिजम् लाई सत्ताच्युत गर्न चाहने प्रतिक्रान्तिकारीहरुका कारण असन्तोष फैलिएको दोष दिंदै उनले सैनिकहरुको प्रयासको प्रशंसा गरेका थिए।