स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकुहरु

सेना समायोजन व्यवस्थापनका क्रममा सरकारले उपलब्ध गराएको तीन विकल्प मध्ये स्वेच्छिक अवकाश रोज्ने सात हजार भन्दा बढी माओवादी लडाकूहरुलाई उनीहरुले पाउने मध्येको आधा रकम दिइ विदा गर्ने कार्य सम्पन्न भएको छ।

पत्रकारहरुका माझ माओवादी लडाकु
तस्बिरको क्याप्शन, स्वेच्छिक अवकाश रोजे बापत पाएको रकम आफू र आफ्ना छोराछोरीको भविष्यका लागि सुदपयोग गर्ने लडाकुहरुले बताएका छन्।
चेक प्राप्त गरेपछि माओवादी लडाकु
तस्बिरको क्याप्शन, स्वेच्छिक अवकाश रोजेका लडाकुहरुलाई उनीहरुले पाउने रकमको आधा एकाउन्टपेयी चेक मार्फत भुक्तानी दिइएको छ, बांकी रकम आगामी आर्थिक बर्षमा दिइनेछ।
चेक बुझ्दै माओवादी लडाकु
तस्बिरको क्याप्शन, लडाकुरुहरुले पाउने रकम हिनामिना हुन नपाओस् भनेर हरेक लडाकुको नाममा अलग्गै बैंक खाता खोली, उक्त खातामा नै सोझै रकम जम्मा हुने गरी चेक काटिएको छ।
लडाकु अर्जुन विश्वकर्मा
तस्बिरको क्याप्शन, अनमिनले प्रमाणित गरेका झण्डै १९ हजार लडाकु मध्ये, सात हजार भन्दा बढीले स्वेच्छिक अवकाशको विकल्प रोजेका थिए।
लडाकु रोहिणी गौतम
तस्बिरको क्याप्शन, स्वेच्छिक अवकाश रोजेका लडाकुलाई दर्जा र संलग्नता हेरी पांच देखि आठ लाख रुपैंया र बाटो खर्च दिइ शिविरबाट विदा गर्ने कार्य सम्पन्न भएको छ।
लडाकुलाई हस्तान्तरण गरिने रकम गन्दै
तस्बिरको क्याप्शन, स्वेच्छिक अवकाश रोजेका लडाकुलाई दर्जा र संलग्नता हेरी पांच देखि आठ लाख रुपैंया र बाटो खर्च दिइ शिविरबाट विदा गर्ने कार्य सम्पन्न भएको छ।
माओवादी लडाकुको अन्तर्वार्ता लिईंदै
तस्बिरको क्याप्शन, लडाकुहरुलाई व्यवस्थापनका निम्ति तीन वटा विकल्प मध्ये बाट रोज्न भनिएको थियो। १. सेनामा समायोजन, २. स्वेच्छिक अवकाश वा ३. पुनर्स्थापना
घाइते लडाकु भोलाप्रसाद अर्याल
तस्बिरको क्याप्शन, स्वेच्छिक अवकाश रोज्ने लडाकुहरुमा छोराछोरी भएका वा अपांग लडाकुहरु पनि छन्।
बच्चा बोकेर जांदै माओवादी महिला लडाकु
तस्बिरको क्याप्शन, देशभरका विभिन्न शिविरहरुमा रहेका र स्वेच्छिक अवकाश रोजेका सात हजार भन्दा बढी माओवादी लडाकुहरुलाई उनीहरुले पाउने रकम चेक मार्फत हस्तान्तरण गरी विदाई गरिएको छ।
शक्तिखोर माओवादी शिविरको प्रवेशद्वार
तस्बिरको क्याप्शन, माओवादी लडाकुहरु ,चितवनको शक्तिखोर लगायत, मुख्य सात वटा र सहायक २१ वटा गरी देशभर विभिन्न २८ वटा शिविरहरुमा बसिरहेका छन्।