इरानमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा

इरानमा अनपेक्षित रूपमा पेट्रोलियम पदार्थको मूल्य बढाइएपछि विभिन्न सहरमा विरोधप्रदर्शनहरू भइरहेका छन्।

प्रहरीसँगको भिडन्तमा कम्तीमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

विपन्न जनतालाई राहत प्रदान गर्नका रकम सङ्कलन गर्ने उद्देश्यले इन्धनमा दिइएको अनुदान हटाइएको सरकारको भनाइ छ।

अमेरिका तथा अन्य पश्चिमा राष्ट्रले लगाएका विभिन्न प्रतिबन्धहरूका कारण इरानले आर्थिक सङ्कट खेप्नुपरेको छ।