निर्वाचनको दिन वर्षा हुने पूर्वानुमान, सुरक्षा व्यवस्था मिलाउन निर्देशन

वैशाख ३० गते शुक्रवार स्थानीय तहमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दल, तिनका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने आज अन्तिम दिन हो।

लाइभ कभरेज

  1. मतदाता परिचयपत्र नभएकाहरूले भोट हाल्न के गर्ने?

  2. स्थानीय तहका उम्मेदवारबाट ज्येष्ठ नागरिकका अपेक्षा के छन्?

  3. 'चुनाव लागेको छैन, भोकमरी पो लागेको छ'

  4. स्थानीय चुनाव अन्य चुनावभन्दा कसरी फरक छ?

  5. मध्यरातदेखि अन्तर्राष्ट्रिय सीमा बन्द, दुई दिनपछि स्थानीय तहमा मतदान

  6. स्थानीय तहमा चार वर्षको बेरुजु एक खर्ब १७ अर्ब

  7. सहयोग माग्दा दाताले 'उत्तर' नदिएपछि चुनाव सरकारी खर्चमै

  8. मधेशका जिल्लामा जे देखियोः चुनावको प्रचार गर्दा 'डीजे सङ्गीत'

  9. स्थानीय तह निर्वाचन सम्बन्धी ताजा जानकारी दिने प्रत्यक्ष अपडेटबाट आजलाई बिदा चाहन्छौँ। भोलि पुनः हामीले प्रत्यक्ष अपडेटलाई निरन्तरता दिनेछौँ।

  10. प्रचार प्रसारमा बन्देज लाग्नुअघि नेताको दौडधुप र निर्वाचन तयारीको चटारो

    स्थानीयवासी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, उम्मेदवारसमक्ष माटोको व्यवस्था गरी दिन अनुरोध गर्दै रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँका स्थानीयवासी
    डडेलधुरामा आयोजित चुनावी सभा

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा आयोजित चुनावी सभा
    केपी ओली
    तस्बिरको क्याप्शन, काठमाण्डू महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओली
    मतपेटिका ओसार्दै म्यादी प्रहरी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, तनहुँको दमौलीमा स्थानीय तह निर्वाचनका लागि मतपेटिका ओसार्दै म्यादी प्रहरी
    मतदाता

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, सुर्खेतबाट निर्वाचनमा मतदान गर्न गाउँ फर्किने तयारीमा जाजरकोटको छेडागाड नगरपालिकाका मतदाता
    मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरु

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, पोखरा महानगरका विभिन्न मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरु पोखरा महानगरपालिका–७ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्तिपत्र बुझ्न लामवद्ध
    म्यादी प्रहरी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, चितवनमा निर्वाचनको सुरक्षाका लागि कार्य क्षेत्रमा खटिएका म्यादी प्रहरी
    मतदान सामग्री रुजु गर्दै कर्मचारी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, मतदान केन्द्रमा लैजानुअघि दाङस्थित घोराहीको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतदान सामग्री रुजु गर्दै कर्मचारी
    निर्वाचन सामग्री

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, पोखरामा मतदान केन्द्रहरूमा निर्वाचनका सामाग्री लैजान तयारी गर्दै महिला कर्मचारी
  11. मौन अवधिमा अनुगमन गर्न १९ टोली परिचालन

    स्थानीय चुनावका लागि आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न नसकिरहेको आलोचना भइरहँदा निर्वाचन आयोगले त्यसको खण्डन गरेको छ।

    मौन अवधि सुरु हुनु केही घण्टा अघि आयोजना गरेको एक पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता कार्यान्वयनको सूक्ष्म रूपमा अनुगमन भइरहेको बताएका हुन्।

    मङ्गलवार राति १२ बजेबाट सुरु हुने मौन अवधिलाई ध्यानमा राखी अझ बढी निगरानी बढाइएको पनि आयोगले जनाएको छ।

    पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनका घटनामा तत्काल कारबाही गर्न सक्ने गरी विभिन्न संवेदनशील स्थानमा १९ वटा उच्चस्तरीय टोली समेत परिचालन गरिएको बताए।

    उनका अनुसार अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा जिल्ला निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तह आचारसंहिता अनुगमन समिति गठन गरिएको छ।

    प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिताबारे मौन अवधिमा अपनाइने नीतिको जानकारी गराएका थिए।

    निर्वाचन आचारसंहिता उल्लङ्घनका २०५ वटा विभिन्न क्रियाकलाप भएको आयोगले जनाएको छ। तीमध्ये ५३ वटामा स्पष्टीकरण सोधिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

    मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ताका क्रियाकलापमाथि निगरानी राख्न आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशन दिइएको जनाएको छ। त्यसै गरी मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने वातावरण निर्माण गर्न उसले भनेको छ।

  12. निर्वाचन आयोगप्रति एमाले अध्यक्षको गुनासो

  13. विराटनगरमा कांग्रेसलाई विरासत गुम्ने डर, एमालेलाई गठबन्धनको भर

  14. दोधारा-चाँदनी: ‘अनौठो’ टापुका 'पूर्वेली किशोर' र पञ्चायतकालदेखिका 'वीर'का चाखलाग्दा पक्ष

  15. मौन अवधिमा सामाजिक सञ्जालको अनुगमन गर्दै प्राधिकरण

    नेपाल दूरसञ्चार प्राधिकरणले मङ्गलवार मध्यरातपछि सुरु हुने मौन अवधिमा विभिन्न सामाजिक सञ्जालमा उम्मेदवारका प्रचार सामग्रीको अनुगमन गरिने जनाएको छ।

    प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले पैसा तिरेर सामाजिक सञ्जालमा विज्ञापन गर्न सकिने प्रायोजित सामग्रीको पनि अनुगमन हुने बताए।

    निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित सामग्री हटाउन आयोगलाई पत्राचार गरे पनि प्राधिकरणले सामग्री हटाउन भने नसकिने जनाएको छ।

    “हामीले इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पनि दिएका छौँ। सार्वजनिक सूचना पनि निकाल्छौँ,” मिश्रले भने।

    “उम्मेदवारले पोष्ट गरेको छ भने आयोगलाई जानकारी गराउँछौँ। तर सामग्रीमा बन्देज लगाइरहेका छैनौँ।“

    आयोगले मौन अवधिमा उम्मेदवार र उम्मेदवारका समर्थकबाट फेसबुक, ट्विटर र टिकटक लगायतका सञ्जालमा आचार संहिता विपरीतका सामग्री मौन अवधिमा हटाउन र नयाँ पोष्ट गर्न नदिन प्राधिकरणलाई निर्देशन दिएको थियो।

    आयोगले धेरै जनालाई मोबाइल सन्देश पठाउने सुविधामा बन्देज लगाउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ।

  16. मतदानको दिन वर्षा हुने सम्भावना

    चक्रवात

    तस्बिर स्रोत, MFD

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वर्षा हुने सम्भावना रहेको भन्दै मतदानस्थल र मतगणनास्थलमा त्रिपाल वा प्लास्टिक व्यवस्था मिलाउन निर्देशन दिएको छ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले मतदानको दिन देशैभरि वर्षाको सम्भावना रहेको जनाएको छ।

    “देशभरि आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” विभागको पूर्वानुमानमा भनिएको छ।

    “साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।”

    मौसम पूर्वानुमान महाशाखाले मतदानको अघिल्लो दिन र भोलिपल्ट पनि वर्षाको सम्भावना रहेको जनाएको छ।

    “हाल दक्षिण बङ्गालको खाडीमा चक्रवात 'असानी' विकसित भएको छ। उक्त प्रणाली उत्तर पश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गते सम्म कमजोर अवस्थामा उत्तरी बङ्गालको खाडीमा रहने सम्भावना रहेको देखिन्छ। उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिन्छ,” महाशाखाले भनेको छ।

  17. नेपालको त्यो भूभाग जहाँ हुने छैन स्थानीय तहको निर्वाचन

  18. प्रदेश १ मा पहिलाको तुलनामा मतदाता 'कम उत्साहित'

  19. रुकुममा दर्जनौँ झडप

    सुरक्षाका हिसाबले अति संवेदनशील मानिँदै आएको पहाडी जिल्ला रुकुम पश्चिममा दिनदिनै जसो झडपका घटनाहरू भइरहेको अधिकारीहरूले बताएका छन् ।

    चुनावको लागि मनोनयन भएयता करिब १५ स्थानमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको सूचना आएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काले बीबीसीलाई बताए ।

    “फाटफुट रूपमा अनेकौँ ठाउँमा झडप भएका छन् तर त्रिवेणी, आठविसकोट, बाफीकोट र चौरजहारीमा भएका घटनाहरू अलि गम्भीर प्रकारका छन्,” खड्का भन्छन्।

    उनका अनुसार “ती ठाउँमा भएका घटनामा कम्तीमा पनि पाँच/छ जनाको दरले मानिसहरू घाइते भएको पाइएको छ।”

    रुकुम पश्चिमका ६ वटा पालिकाहरूमध्ये ४ वटा पालिकामा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने माओवादी केन्द्र सबै पालिकाहरूमा एक्लै प्रतिस्पर्धा गरिरहेको छ।

    “यहाँ माओवादीविरुद्ध अरू दल मिलेका हुँदा माओवादीले रुकुमलाई प्रतिष्ठाको विषय बनाएको छ। यहाँ भएका घटना यसकै उपज हुन्,” एक सरकारी अधिकारीले बताए।

    उनले भने, “रुकुममा चुनावको सम्पूर्ण नतिजा नआउँदा सम्म यहाँको सुरक्षालाई लिएर विश्वस्त हुने अवस्था देखिन्न।"

    झडपका घटना बढ्न थालेपछि रुकुम पश्चिममा केन्द्रबाट आज थप सुरक्षाबल झिकाइएको सहायक प्रजिअ डिल्ली खड्काले बताए।

  20. सत्ता र प्रतिपक्षले प्रतिष्ठाको रूपमा हेर्ने काठमाण्डू महानगरमा ठूला दललाई स्वतन्त्रको चुनौती