प्रधानमन्त्री नियुक्त हुन बहुमत सांसद आफूसँग रहेको ओली र देउवा दुवैको दाबी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि शुक्रवार साँझसम्म दाबी गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि नेपालको राजनीतिमा नयाँ मोड आएको छ। शुक्रवार दिनभरिको राजनीतिक घटनाक्रमको ताजा जानकारी यो लाइभ पेजमा अपडेट हुनेछ।

लाइभ कभरेज

  1. नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्ने समय सकियो, राष्ट्रपतिले तोकेको समयावधिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले दाबी पेस गरेका छन्।

    राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न दिएको समयावधि सकिएको छ।

    संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठन गर्नका लागि नेकपा एमालेका तर्फबाट केपी शर्मा ओलीले आफ्नो दाबी प्रस्तुत गरेका छन्।

    विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाबेदारी दिएका छन्।

    दुवै प्रस्ताव दर्ता भए/नभएको विषयबारे राष्ट्रपति कार्यालयसँग प्रतिक्रिया लिने बीबीसीको प्रयास सफल हुन सकेन।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आफूहरूसँग १५३ जना सांसदको समर्थन रहेको दाबी ओलीले पेस गरेका छन्।

    उता देउवाले भने १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् जसमा एमालेले आफ्नो दाबीमा पनि गणना गरेको उसका २६ सांसद र जनता समाजवादी पार्टीका १२ सांसदको हस्ताक्षर रहेको जसपा नेता मोहम्मद ईश्तियाक राईले बीबीसीलाई बताएका छन्।

    राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्

    प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन्। त्यस्तै काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन्।

  2. राष्ट्रपति निवासबाट फर्किए ओली, '१५३ सांसदको समर्थन' रहेको दाबी

    आफूसँग सरकार गठन गर्न आवश्यक सांसदहरूको सङ्ख्या रहेको दाबीकासाथ शीतलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँबाट फर्किसकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

    उनका अनुसार ओलीले नेकपा एमालेका १२१ सांसद र जनता समाजवादी पार्टीका ३२ सांसदहरूको समर्थन आफूलाई रहेको जानकारी गराएका छन्।

    ''एमालेको १२१ र जसपाको ... १५३ जनाको,'' ओलीले जुटाएको सङ्ख्याबारे थापाले बीबीसीसँग भने।

    उनी काँग्रेस सभापति शेरबहादुर देउवाभन्दा अगाडि नै शीतलनिवास पुगेको बताइएको छ।

    सत्तारूढ नेकपामा एमालेको माधव नेपाल - झलनाथ खनाल समूहका २६ सांसदले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको पत्रमा हस्ताक्षर गरेको बताइएको छ।

    उक्त पत्रमा जसपाका १२ सांसदले हस्ताक्षर गरेको जनता समाजवादी पार्टी, नेपालका नेता मोहम्मद ईश्तियाक राईले बताएका छन्।

    एमालेकै नेताहरूले दुईतिर हस्ताक्षर गरेसँगै अब के होला त भन्ने जिज्ञासामा थापाले भने: ''हेर्ने निकायहरूले हेर्लान् नि त।''

    प्रधानमन्त्रीका अर्का सल्लाहकार विष्णु रिमालले पनि ट्वीट गरेर यसको पुष्टि गरेका छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  3. १४९ सांसदका हस्ताक्षर लिएर देउवा राष्ट्रपति कार्यालयमा पुगे

    देउवा

    तस्बिर स्रोत, RSS

    सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीकासाथ विपक्षी दलहरू राष्ट्रपति कार्यालय पुगेका छन्।

    जनता समाजवादी पार्टीका नेता मोहम्मद ईश्तियाक राईका अनुसार '१४९ सांसदहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन' प्रस्ताव गरेका छन्।

    उनका अनुसार जसपाका १२, नेकपा एमालेको माधव नेपाल - झलनाथ खनाल पक्षका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

    अहिले नेपाली काँग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसद रहेका छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  4. प्रतिपक्षी दलहरूको छलफल तीव्र, नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका प्रमुख नेताहरू छलफलमा जुटिरहेको बताइएको छ।

    नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने विषयमा छलफल चलिरहेको बताएका छन्।

    उनका अनुसार सरकार गठनको दाबीसम्बन्धी विषयमा विभिन्न विकल्पहरूबारे चर्चा भइरहेको छ।

    "हाम्रो पार्टीमा छलफल भइरहेको छ। टुङ्गो लागेको छैन," उनले भने।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउने विषयमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको एउटा समूह र सत्तारूढ नेकपा एमालेकै माधव नेपाल - झलनाथ खनाल नेतृत्वको समूह सक्रिय रहेको विवरणहरू सार्वजनिक भइरहेका छन्।

    यति बेला नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा दलका प्रमुख नेताहरू छलफलमा जुटिरहेको बताइएको छ।

    बैठक र सांसदहरूको हस्ताक्षर सङ्कलनबारे बीबीसीको जिज्ञासामा खाँणले अझै छलफल चलिरहेको र ठोस निष्कर्षमा नपुगेको जानकारी दिए।

    आज बेलुकी ५ बजेसम्म राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधिसभाको सांसदले बहुमत पुर्‍याउन सक्ने आधार सहित दाबी गर्ने समय रहेको छ।

    यसैबीच एमालेको विवाद हल गर्नका लागि बनाइएको कार्यदलको बैठक सिंहदरबारमा हुने तय भएको नेता रघुजी पन्तले केही समय अघि जानकारी दिएका छन्।

  5. अहिलेसम्म के-के भयो?

    भर्खरै यो पेजमा आइपुग्नु भएको छ भने आज बिहानदेखिका घटनाक्रम यस्तो छ:

    • बिहान प्रमुख विपक्षी नेपाली काँग्रेसले "राष्ट्रपति र प्रधानमन्त्रीले विधि र प्रक्रिया मिचेको" आरोप लगाउँदै सबै विकल्पमा खुला रहेर दलहरूसँग छलफल गर्ने निर्णय गर्यो।
    • नेपाली काँग्रेस र माओवादी केन्द्रसहित विपक्षी दलहरू शेरबहादुर देउवाको निवासमा बैठक बसे। बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको पछिल्लो आह्वानपछि कसरी अघि बढ्ने भन्नेबारे थुप्रै विकल्प रहेको भन्दै त्यसमा छलफल चलिरहेको बताए।
    • जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरू उपस्थित बैठकले ओली सरकार आफ्ना माग पूरा गर्न सकारात्मक रहेको भन्दै थप निर्णय गर्ने अधिकार महन्थ ठाकुर र राजेन्द्र महतोलाई दिएको छ।
    • प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै आफ्नो कदम र राष्ट्रपतिको बचाउ गर्दै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन वा विकल्प दिन विपक्षीलाई चुनौती दिए। उनले आफू पनि बहुमत पुर्‍याएर नेतृत्व दाबी गर्न खोजिरहेको बताए।

    आज बेलुकी ५ बजेसम्म राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधिसभाको सांसदले बहुमत पुर्‍याउन सक्ने आधार सहित दाबी गर्ने समय रहेको छ।

  6. 'हल्ला चलेजस्तो ठाकुरलाई नेतृत्व दिने प्रस्ताव आएको छैन’

    जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर समूहका सांसदहरूको बैठकमा पार्टी नेताहरूले प्रधानमन्त्री केपी ओलीको सरकारले आफ्ना मागहरू पूरा गर्न सकारात्मक काम गरिरहेको बताएको एक नेताले बताएका छन्।

    बिहीवारमात्र मन्त्रिपरिषद्ले नागरिकतासम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको अनि संविधान संशोधनका निम्ति कार्यदल बनाएको जस्ता विषय उनले बैठकलाई जानकारी दिएको पार्टी नेता मनिष सुमनले बीबीसीलाई बताए।

    नेता सुमनका अनुसार बैठकमा ठाकुरले बजारमा हल्ला चलेजस्तो आफूलाई प्रधानमन्त्रीको औपचारिक प्रस्ताव आफ्नो दलबाहेक अरू कसैले अहिलेसम्म नगरेको बताएका थिए।

    सुमनले भने, “बाँकी सबै छलफल र निर्णय गर्ने अधिकार नेताहरू ठाकुर र राजेन्द्र महतोलाई दिने निर्णय भएको छ।”

    सुमनका अनुसार शुक्रवारको बैठकमा जसपाभित्रका ठाकुर पक्षका सांसदहरूमात्र उपस्थित थिए।

    बैठकपछि अध्यक्ष महन्थ ठाकुरले जसपाको हातमा निकास नरहेको बताउँदै आफ्नो दलको सबै पार्टी र सरकारप्रति मित्रवत् सम्बन्ध रहेको बताएका छन्।

  7. महामारीकै माझ पनि चुनाव हुनसक्छ: प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको महामारीका बीच पनि चुनाव हुनसक्ने बताएका छन्।

    आफ्नो पत्रकार सम्मेलनमा उनले भने, “मतदाताहरू आएर दूरी कायम गरेर भोट दिन सक्छन्। महामारी उच्च विन्दुमा हुँदा अमेरिकामा चुनाव भयो। पश्चिम बङ्गाल जस्तो ठाउँ र भारतका बढी जनसङ्ख्या भएका ठाउँमा पनि चुनाव भएका छन्।”

    चुनाव स्वेच्छाले मात्रै होइन, परिस्थितिले हुने हो त्यसलाई रोक्न नहुने उनको भनाइ छ।

    उनले दूरी कायम गरेर चुनाव गर्न सकिने बताए।

    खोप ल्याउने प्रयास भइरहेको भन्दै उनले अक्सिजन र भेन्टिलेटर वा अरू औषधिको अभाव देशमा नरहेको बताए।

    सरकारले कोभिडविरूद्ध आफ्नो ध्यान पूर्ण रूपमा केन्द्रित गरेको उनले बताए।

  8. सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने प्रयास गरिरहेको ओलीको भनाइ

    प्रधानमन्त्री केपी शर्मा ओलीले जतासुकैबाट विरोध भएको स्थितिमा आफूलाई सरकार चलाउन मन नरहेको भन्दै राष्ट्रपतिलाई भनेपछि नयाँ प्रक्रिया आरम्भ भएको बताए।

    उनले भने, “न कोही समर्थन गर्छ र कोही साथ दिन्छ, यस्तोमा पनि सरकार चलाउन सकिन्छ। मलाई चलाउन मन छैन।”

    उनले प्रतिनिधिसभा सदस्यको रूपमा आफूले नयाँ सरकारको लागि समर्थन जुटाउने प्रयास गरिरहेको बताए।

    उनले आफूलाई समर्थन नगरेर केपी शर्मा ओलीले देशलाई प्रतिनिधिसभा विघटन गरेर चुनावमा लग्यो भनेर भन्न नपाइने बताए।

    अरूले घेराबन्दी गरिरहेको भन्दै आफूलाई आरोप लगाउन नपाइने बताए।

    ओलीले सरकार बनाउन नसके संसद् बचाउनका लागि आफूलाई समर्थन गर्न भनेका छन्।

    उनले सैद्धान्तिक रूपले १२१ सिट आफूसँग भए पनि २७ जना दलभित्रका सांसद विपक्षमा उभिएकाले जम्मा ९३ सांसदको समर्थन रहेको उल्लेख गरे।

    उनले थपे, “अरूको १७७ सिट जिम्मेवार हुन्छ कि जम्मा ९३ सिट भएको बबुरो सबै कुरामा जिम्मेवार हुन्छ। मैले चाहिँ सबै कुराको जबाफदेही लिनुपर्ने हुन्छ। हलो अरूले अड्काउँछ अपजस चाहिँ सबै मैले लिनुपर्ने छ।”

  9. चुनावमै देश गयो भने पनि आकाश खस्दैन: ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो परिस्थितिले मुलुकलाई चुनावतर्फ डोराए पनि जनमतले कसैलाई हानि नगर्ने बताएका छन्।

    ओलीले भने, “माओवादी र काँग्रेस सहमत हुँदा ११० ले सरकार बन्छ? म देशलाई चुनावमा नलैजाम् कि मलाई समर्थन गर्नूस् भनिरहेको छु। यो मन्जुर छैन भने विकल्प दिनूस् भनिरहेको छु। उहाँहरूले देशलाई चुनावमा पुर्‍याउनु भयो भने आकाश खस्दैन।”

    यो मङ्सिरमा नभए अर्को मङ्सिरमा चुनाव गराउनै पर्ने ओलीले बताए। आगामी फाल्गुनमा स्थानीय तहको चुनाव गराउनुपर्ने उनले बताए।

    जनताको अभिमत सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

    उनले आफ्नै दलका नेता माधव कुमार नेपाल दललाई फुटाएर जनताको अभिमत तोड्न लागि परेको आरोप लगाए।

  10. बादललाई हराउने कदम अनैतिक: ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले भित्रको एउटा खेमाले प्रणाली र मूल्यमान्यताको धज्जी उडाइरहेको टिप्पणी गरेका छन्।

    उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई राष्ट्रिय सभा सदस्य चुनावमा बिहीवार पराजित गराउने काम अनैतिक भएको बताए।

    आफ्नै दलको कार्यकर्तालाई आदर्श च्युत गराएर बागी उम्मेदवार खडा गरिएको भन्दै उनले संसद्‌मा फ्लोर क्रस गर्ने, समानान्तर कमिटी गठन सहितका लोकतन्त्र विपरीतका काम भएको टिप्पणी गरे।

    पार्टी यस्तो खालको अवस्थामा निरन्तर चलिरहन नसक्ने ओलीले बताए।

  11. राष्ट्रिय सहमति गरेर सरकार बनाऔँ: ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको बाटोबाट सहमतिको सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको बताएका छन्।

    उनले राष्ट्रिय सहमति कायम गर्नुपर्ने भन्दै त्यो बाटोबाट अघि बढिनुपर्ने उल्लेख गरे।

    अहिलेको अवस्थामा आफूहरूलाई विपक्षीहरूले पुर्‍याएको भन्दै उनले स्वस्थ्य लोकतान्त्रिक अभ्यास अघि बढाउनुपर्ने बताए।

  12. राष्ट्रपतिको विरोध गणतन्त्रविरोधी काम हो: ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्।

    पुनर्स्थापित भए देखी नै प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसकेको उल्लेख गर्दै उनले अहिले दिइएको समय ठिक भएको बताए।

    उनले भने, “अढाई महिना पर्याप्त भएन? अढाई महिनामा भएन... तीन दिनमा भएन। हुनसक्ने हो भने चौबिस घण्टामा दलहरू मिलेर जाँदा होला नि। गए वैकल्पिक सरकार बनाए भयो। कुनै पनि षडयन्त्र होइन यो। तपाईँहरू वैकल्पिक सरकार बनाउनुस् मेरो रचनात्मक सहयोग हुनेछ।”

    उनले शुक्रवार बिहान मात्रै आफूले विपक्षी दलका नेता शेरबहादुर देउवालाई फोन गरी सरकार बनाउन आह्वान गरेको बताए।

    उनले आफूले देउवालाई विकल्प दिन भनेको पनि बताए।

    उनले राष्ट्रपति गणतान्त्रिक संस्था भएकोले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरोधी काम भएको बताए।

    विपक्षी दलका कतिपय नेताहरूले पछिल्लो कदमका लागि राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता गराउनुपर्ने धारणा राखिरहँदा ओलीको त्यस्तो बताएका हुन्।

    उनले भने, “राष्ट्रपतिलाई महाभियोग लगाउने आक्रोश कुण्ठा के हो यो? प्रधानमन्त्रीलाई ल्याउन? संविधानले मन्त्रिपरिषद्को सिफारिस जे जान्छ त्यो राष्ट्रपतिले गर्नुपर्छ भनेर लेखेको छ। राष्ट्रपतिको विरोध गणतन्त्रमाथिको प्रहार हो।”

    उनले राष्ट्रपतिको संवैधानिक सीमा रहेको भन्दै सरकारले गरेका निर्णयका बारेमा आफू जिम्मेवार रहने बताए। सरकारका निर्णयको परीक्षण न्यायपालिका गर्न सक्ने उनले बताए।

  13. पुनर्स्थापित प्रतिनिधिसभामा 'लोकतन्त्रको हुर्मत लिने काम भयो': ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित प्रतिनिधिसभालाई काम गर्न नदिइएको र उसले नयाँ सरकार चयन गर्न पनि नसकेको बताए।

    आफूले विश्वासको मत आफैँ लिन लाग्दा पनि मर्यादा तोडेर फोहोरी खेल खेलिइएको उनले बताए।

    महाभारतको अभिमन्युको चक्रव्यूहको प्रसङ्ग उल्लेख गर्दै २७ जना मान्छे गुटगत हिसाबले दलभित्रबाट विपक्षीसँग मिलेर सरकार ढाल्ने काम भएको बताए।

    उनले ती प्रयासहरू स्वस्थ्य नभएको बताए।

    संसद् पुनर्स्थापित भएपछि आफूले बारम्बार राजीनामा माग्नुको सट्टा अविश्वासको प्रस्ताव ल्याउन भने पनि विपक्षी दलहरूले त्यो नगरेको टिप्पणी गरे।

    भएको सरकारलाई काम गर्न नदिएको र नयाँ सरकार बनाउन पनि नसकेको भन्दै उनले विपक्षीहरूको आलोचना गरे।

    आफूले चाहेर नभई संविधानको व्यवस्था अनुसार आफू प्रधानमन्त्री बनेको ओलीले बताए।

  14. नयाँ सरकार निर्माणको सिफारिस गर्ने कदमको ओलीद्वारा बचाउ

    ओली

    तस्बिर स्रोत, screengrab

    प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार निर्माणका लागि आह्वान गर्न आफूले गरेको सिफारिसको बचाउ गरेका छन्।

    उनले आफूमाथिको विरोध कृत्रिम र नाटकीय भएको अहिले भइरहेको पत्रकार सम्मेलनमा बताएका हुन्।

    उनले आफू विश्वासको मत लिने प्रक्रियामा अघि बढेको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्दै धारा ७६ को ५ कै प्रक्रियामा जानुपर्ने बताए।

    “हामीले ज्येष्ठ १५ गते बजेट ल्याउनुपर्छ त्यो भन्दा अघि नीति कार्यक्रम ल्याउनुपर्छ। १४ गते सरकार बन्यो भने बजेट कसरी ल्याउने?” उनले भने। “हामीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पुरा गर्ने समयको सुविधा छैन।”

    उनले समयको चाप र परिस्थितिको हिसाबले आफ्नो कदम उचित र अत्यावश्यक भएको बताए।

    सरकारलाई सहज र संवैधानिक प्रक्रियाबाट काम गर्न नदिइएको पनि टिप्पणी गरे।

    प्रधानमन्त्रीको पत्रकार सम्मेलन जारी छ।

  15. धेरै विकल्प छन्: प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको पछिल्लो आह्वानपछि कसरी अघि बढ्ने भन्नेबारे थुप्रै विकल्प रहेको भन्दै त्यसमा छलफल चलिरहेको बताएका छन्।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेतासँगको छलफलपछि उनले भने, “अहिले निर्णय केही भएको छैन। छलफल चलिरहेको छ। धेरै विकल्प छन् अहिले त्यसमाथि छलफल भइरहेको छ। शायद एक छिनपछि हामी एउटा निष्कर्षमा पुग्छौँ।”

    तर उनले विकल्पहरूबारे खुलाएनन्।

    केही बेरमा भावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको बैठक बस्दैछ।

    देउवा निवासमा भएको छलफलमा नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए।

    पार्टीका पदाधिकारीहरूको बैठकपछि देउवाले उक्त बैठक आयोजना गरेका हुन्।

    प्रचण्ड

    तस्बिर स्रोत, RSS

  16. सर्वोच्च अदालतमा ९ वटा रिट

    प्रधानमन्त्रीको सिफारिसमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गरेको आह्वानबारे सर्वोच्च अदालतमा नौ वटा रिट लिएर कानुन व्यवसायीहरू पुगेको अधिकारीहरूले बताएका छन्।

    सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार ती रिटहरूलाई के गर्ने भन्नेबारे दुई बजेपछि निर्णय गरिनेछ।

    कतिपय कानुनविद्हरूले प्रधानमन्त्रीको राजीनामा वा संसद्मा विश्वासको मतको परीक्षण बिना सरकार गठनको आह्वान गर्नु संविधान विपरीत हुने धारणा राखिरहेका छन्।

  17. सामाजिक सञ्जालमा नेताहरूको प्रतिक्रिया

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले चालेका कदमबारे विभिन्न दलका नेताहरूले सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया व्यक्त गरेका छन्।

    पूर्वप्रधानमन्त्री तथा जसपा, नेपालका नेता बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन सबैले आवश्यक त्याग गर्न आह्वान गरेका छन्।

    यो X पोस्ट छोड्नुहोस्, 1
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 1

    पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यो कदमलाई प्रतिगमन भनेका छन्:

    यो X पोस्ट छोड्नुहोस्, 2
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 2

    नेकपा-एमालेका माधवकुमार नेपाल पक्षका भीम रावलले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानको धारा बाध्यकारी भएको र छल्न नमिल्ने लेखेका छन्।

    यो X पोस्ट छोड्नुहोस्, 3
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 3

    राप्रपाका एक अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिको कदम देशका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।

    यो X पोस्ट छोड्नुहोस्, 4
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 4

    नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नयाँ सरकार बनाउन सुझबुझ पुर्‍याउन नेताहरूलाई सुझाव दिएका छन्।

    यो X पोस्ट छोड्नुहोस्, 5
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 5

    उता एमालेका नेता एवम् प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई विपक्षमा बस्न बाध्य पारे भइगो नी भनेर सो कदमलाई पदत्यागकै रूपमा बुझ्नुपर्ने लेखेका छन्।

    यो X पोस्ट छोड्नुहोस्, 6
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 6

  18. नेपाली काँग्रेस बैठकको निष्कर्षः 'सबै विकल्पमा खुला छलफल’

    प्रमुख विपक्षी नेपाली काँग्रेसले सरकार गठनको आह्वान गर्ने क्रममा "राष्ट्रपति र प्रधानमन्त्रीले विधि र प्रक्रिया मिचेको" आरोप लगाउँदै सबै विकल्पमा खुला रहेर दलहरूसँग छलफल गर्ने बताएको छ।

    राष्ट्रपतिको पछिल्लो कदमबारे छलफल गर्न आयोजित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले लोकतन्त्र एवं संविधानको रक्षाका निम्ति अरू दलहरूसँगको सरसल्लाहमा उपयुक्त विकल्प रोज्ने निर्णय भएको पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले बीबीसीलाई बताएका छन्।

    त्यस्तो विकल्पमा के विपक्षी दलहरूले जनता समाजवादी पार्टीका नेतालाई प्रधानमन्त्रीको रूपमा स्वीकारेर जाने पनि पर्छ? भनी सोधिएको प्रश्नमा उनको जबाफ प्रस्ट थिएन। उनले भने, “जसपालाई नेतृत्व दिने भन्ने कुरा महत्त्वपूर्ण होइन। संविधानको रक्षा महत्त्वपूर्ण हो।”

    राजीनामा नदिकनै संविधानको ७६(५) बाट नयाँ सरकारको गठन गर्न खोज्नु अनि त्यसका निम्ति छोटो समयसीमा दिनु भनेको संविधानको मर्म र भावना विपरीत भएको महतले बताए।

    राष्ट्रपतिको कदमबारे आलोचना भइरहँदा अब कांग्रेसले राष्ट्रपतिबारे उपयुक्त र व्यवहारिक बाटो खोज्ने उनले बताए।

    उनले कानुनी उपचारको बाटोबारे पनि आफूहरूले सरसल्लाह गरिरहेको बताए।

    त्यस्तै नेता रमेश लेखकले बीबीसीलाई बताए अनुसार पार्टीले प्रतिनिधिसभामा रहेका अन्य विपक्षी र अरू दलहरूसँग छलफल गरेर भावी नीति तय गर्नेछ।

    उनी भन्छन्, “अहिले जुन प्रधानमन्त्रीले हठात् नयाँ सरकार गठनका लागि सिफारिस गर्नुभयो र राष्ट्रपतिले आह्वान गर्नुभयो त्यो उहाँहरू दुवैले आफ्नो पदको चरम दुरुपयोग गरेर गरेको काम हो। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।"

    ईहामी प्रतिपक्षमा रहेका दल र अरू नेतासँग संवाद गरेर एउटा निष्कर्षमा पुग्छौँ।”

  19. संविधानको गम्भीर उल्लङ्घन: लेखक र गुरुङ

    नेपाली काँग्रेस
    माओवादी केन्द्र
  20. नेपाली काँग्रेस र माओवादी केन्द्रको प्रतिक्रिया के छ?

    देउवा, ओली र प्रचण्ड

    तस्बिर स्रोत, RSS

    विपक्षी दलहरू नेपाली काँग्रेस र माओवादी केन्द्र दुवै दलले नयाँ सरकार गठनसम्बन्धी राष्ट्रपतिको कदम संविधानविपरीत भनेका छन्।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपतिको कदमलाई अलोकतान्त्रिक र संविधानविपरीत भन्दै पछिल्लो घटनाक्रमबारे छलफल गर्न केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ।

    काँग्रेसको बैठकले यसबारे पार्टीको आगामी कदमबारे निर्णय गर्ने बताइएको छ।

    माओवादी केन्द्रले उनको दलले अन्य दलहरूसँग सरसल्लाह गर्ने अनि सकिन्छ भने धारा ७६ (५) अनुसारको सरकारको नेतृत्व बदल्ने उपायलाई संसद्को रक्षाको विकल्पको रूपमा प्रयोग गर्ने गरी प्रयास गर्ने बताएको छ।