यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
नेकपा विवादमा 'संवैधानिक निकायले गल्ती नगरोस्'
तस्बिर स्रोत, EPA
प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी सरकार ओलीको चर्को आलोचना गरेका छन्।
राजधानीमा आयोजित विरोधसभामा बोल्दै प्रचण्डले अहिले जारी
आन्दोलनको उद्देश्य केपी ओलीलाई परास्त गर्नु नभएर प्रवृत्तिलाई परास्त गर्नु
रहेको बताए।
प्रचण्डले प्रधानमन्त्री केपी
ओलीको कटु आलोचना गर्दै भने, “तपाईँ नाटक नगर्नोस्।”
उनले माधवकुमार नेपाल र
झलनाथलाई अपमानित गरेर केपी ओलीले गल्ती गरेको बताए।
नेपाल झलनाथ आफ्नो पछि लागेको
नभई आफू उनीहरूको पछि लागेर शान्ति प्रक्रियामा आएको बताए।
आफूहरूले चुनावी घोषणापत्र
बनाउँदा गरेका कृषिमा क्रान्ति ल्याउने, रोजगारी बढाउने सुशासन दिने र भ्रष्टाचार
कम गर्ने लगायतका विभिन्न प्रतिबद्धता उल्लेख गर्दै प्रचण्डले “केपी ओलीले हाम्रा प्रतिबद्धतामा तुषारापात गरेको" बताए।
"कुर्ची चाहिएको होइन, नेपाली जनताको हक अधिकार चाहिएको हो,” उनले भने।
“निर्वाचन आयोगले लक्षण राम्रो देखाएको छैन। ७० प्रतिशत
सदस्य एकातिर हुँदा त्यसलाई हिसाब नगर्ने तर केपी ओलीले धम्क्याउनेबित्तिकै उतै
लाग्ने?”
उनले अदालतप्रति भरोसा रहेको
बताउँदै निर्वाचन आयोगलाई “खुट्टा नकमाऊ” भने।
टाउको गनेर आधिकारिकता टुङ्ग्याउन माग
प्रचण्डअघि बोेलका माधव नेपालले
दलको आधिकारिकतासम्बन्धी विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन
आयोगलाई धम्क्याइरहेको बताएका छन्।
उनले निर्वाचन आयोगले पार्टीको केन्द्रीय समितिको बहुमतको परीक्षण गरेर नेकपाको
आधिकारिकतासम्बन्धी विवाद टुङ्गो लगाउनुपर्ने बताए।
नेता नेपालले भने, "केपी ओली बहुमतको शासन मान्न तयार छन् भन्ने
निर्वाचन आयोगमा मार्च गरेर गणना गरौँ। उनको पक्षमा १०० जना उभिन्छन्। हाम्रो
पक्षमा ३०० जना उभिएका छन्। निर्वाचन आयोगले अन्यथा निर्णय गर्न पाउँदैन।"
"आयोगलाई कुनै दुविधा छ भने ४४१ जनालाई बोलाएर टाउको गने हुन्छ।”
निर्वाचन आयोगमा गएर ओलीले आफू नेकपाको पहिलो अध्यक्ष भएको बताए पनि पार्टीको
विधान र अन्य आधिकारिक दस्तावेजले उनलाई त्यस्तो हैसियत नदिएको नेता नेपालको
दाबी थियो।
यसै साता प्रधानमन्त्रीका तर्फबाट वकिलहरूले बहस जारी राख्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रवारसम्म सबै विपक्षीहरूले बहस सकिसक्नुपर्ने धारणा राखेका थिए।
सरकारको प्रतिरक्षा गरिरहेको महान्यायाधिवक्ताको कार्यालयले आफ्नो बहस सम्पन्न गरेसँगै पछिल्ला दिनमा प्रधानमन्त्रीका तर्फबाट वकिलहरूले आफ्ना धारणा राखिरहेका छन्।
त्यसपछि रिट निवेदनमा विपक्षी बनाइएका प्रतिनिधिसभाका सभामुखका तर्फबाट तीनजना वकिलले बहस गर्नेछन्।
विपक्षीको बहस सकिएपछि उनीहरूले उठाएका विषयबारे बहस गर्न निवेदकहरूलाई इजलासले समय उपलब्ध गराउनेछ।
चुनावमा प्रधानमन्त्री ओलीको जमानत हुनेछः झलनाथ खनाल
तस्बिर स्रोत, EPA
नेकपाको प्रचण्ड-माधव नेपाल समूहका वरिष्ठ नेता
एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओली राजनीतिक रूपमा
पराजित भइसकेको टिप्पणी गर्दै चुनावमा उनीसहित उनका पक्षका नेताहरूको जमानत जफत
हुने बताएका छन्।
गत साता प्रधानमन्त्री नेतृत्वको नेकपाले राजधानीमा गरेको शक्तिप्रदर्शनप्रति लक्षित गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, “मिस्टर केपी ओली तपाईँका खुट्टी हेर्दै पत्यायौँ। अब
तपाईँको जमानत जफत हुनेछ। दुई वर्षपछिको चुनावमा मेची देखि महाकालीसम्मका १६५
सिटमा तपाईँको जमानत जफत हुँदैछ।”
राजधानीमा जारी विरोधसभामा बोल्दै खनालले प्रधानमन्त्री
ओली राजनीतिक रूपमा पराजित भएको र उनलाई‘पशुपतिनाथसँग मात्रै विश्वास’ रहेको बताए।
नेता खनालले तत्कालै नेकपाको आधिकारिकतासम्बन्धी विवाद
समाधान गर्न अनुरोध गर्दै ढिलो गर्दा अप्ठेरो पर्न सक्ने कुरा निर्वाचन आयोगका
आयुक्तहरूले विचार पुर्याउनुपर्ने बताए।
अहिलेको आन्दोलन नेकपाको दुइटा गुटको आन्दोलन नभई पौष ५ गते
गरिएको प्रतिगमनविरुद्धको सङ्घर्ष भएको नेता खनाल बताए। उनले संयुक्त आन्दोलनमा
जोडिन अन्य दलहरूलाई पनि आग्रह गरेका छन्।
विरोधसभामा बोल्ने सबै नेताहरूले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैको लाचार छाया होइन: प्रधानमन्त्री ओली, अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुनेगरी काम गर्न सुझाव
तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार
दुरुपयोग अनुसन्धान आयोग कसैको लाचार छाया नभएको बताउँदै आयोगमा सरकारका तर्फबाट
कुनै हस्तक्षेप नहुने बताएका छन्।
आयोगको ३० औँ स्थापना दिवसका अवसरमा राजधानीमा
आयोजित विशेष कार्यक्रम ओलीले भने, “कतिपय मानिसहरूमा अख्तियार दुरुपयोग अनुसन्धान
आयोगबारे भ्रम परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाचार छाया पनि होइन।
अहिलेको सरकार कुनै पनि निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन चाहान्छ र दिन्छ।"
आयोगलाई देश र जनतालाई शीरमा राखेर अघि बढ्न
आग्रह गर्दै ओलीले ‘त्रासबाट मुक्त’ भएर काम गर्न सुझाए। उनले आवश्यक सुरक्षा
व्यवस्था राज्यले गर्ने भन्दै निडर भएर आयोग अघि बढ्नुपर्ने उल्लेख गरे।
नेपालमा कसैलाई पनि चोखो बन्न दिनुहुँदैन भन्ने
विकृत मानसिकता देखा परेको उल्लेख गर्दै उनले ‘जसलाई पनि हिलो छ्याप्नुपर्ने’ सोचाइ अन्त्य गरिनुपर्ने बताए। उनले
भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा कार्यरत कतिपय संस्थाले पनि बड्डपन देखिएको
भन्दै असन्तुष्टि जनाए।
भ्रष्टाचारलाई साझा शत्रुका रूपमा उल्लेख गर्दै
उनले त्यसविरुद्ध शून्य सहनशीलता अपनाइने उल्लेख गरे।प्रशासनसंयन्त्र र राजनीतिमा क्रियाशील सबै
भ्रष्ट नभएको पनि ओलीले उल्लेख गरेका थिए।
अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुनेगरी
अख्तियारले काम गर्नुपर्ने सुझाव दिएका प्रधानमन्त्रीले कानुनी जटिलतासहितका
कारणले सरकारलाई सबै कानुनी प्रक्रिया पूरा गरेर खोपजस्तो अत्यावश्यक सामग्री
खरिद गर्न अप्ठेरो परिरहेको उल्लेख गरेका छन्।
स्थापना दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त
प्रमुख आयुक्त प्रेमकुमार राई लगायतले बोलेका थिए।
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए
पश्चिमी वायुको प्रभाव मौसममा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशसहित प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली बदली रहेको उसले जनाएको छ। काठमाण्डू उपत्यकामा पनि बादल लागेको छ।
महाशाखाको मौसम पूर्वानुमान के छ?बुधबार दिउँसो
देशभरि आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना
बुधवार राति
वाग्मती, गण्डकी, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली
वाग्मती, गण्डकी र प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना
महाशाखाले आज बिहान २४ घण्टाका लागि जारी गरेको सूचनाअनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्न सक्नेछ।
प्रचण्ड-माधव नेपालपक्षीय नेकपाको विरोधसभा
प्रचण्ड-माधव नेपालपक्षीय नेकपाले आज काठमाण्डूमा फेरि शक्तिप्रदर्शन र विरोधसभा गर्न लागेको छ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा भएका नियुक्तिहरूविरुद्ध उक्त समूहले गत माघ २ गते देशव्यापी हडताल गरेको थियो।
अहिले राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएर प्रदर्शनीमार्गतिर जान थालेका छन्। उक्त कार्यक्रम "प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्नका लागि" गरिएको नेतृत्वको दाबी छ।
विरोधसभामा उक्त दलका शीर्ष नेता प्रचण्ड र माधव नेपालसहित अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाले पनि काठमाण्डूमा र्याली र सभा गरेको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
यूएईको अन्तरिक्षयान मङ्गल ग्रहमा
तस्बिर स्रोत, MBRSC
तस्बिरको क्याप्शन, मङ्गलग्रहको चित्राङ्कन
मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्सको अभियान सफल भएको छ।
पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको छ।
होप अर्थात् विश्वास नामक अभियानअन्तर्गत सो यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्नेछ।
अरब जगत्को यो पहिलो अन्तरिक्ष अभियान हो।
तस्बिर स्रोत, Reuters
तस्बिर स्रोत, UAE SPACE AGENCY
तस्बिर स्रोत, COPYRIGHTMBRSC
तस्बिरको क्याप्शन, प्रक्षेपण गरिँदा होपको तौल १,३५० केजी थियो
तस्बिर स्रोत, REUTERS
तस्बिरको क्याप्शन, होप अभियानको एउटा नारा 'असम्भव सम्भव छ' पनि छ
'गोली लागेकी महिला गम्भीर अवस्थामा'
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, फाइल तस्बिर
म्यान्मारमा सेनाले शासन आफ्नो हातमा लिएपछि सुरु भएको प्रदर्शनमा सहभागी एक महिला गम्भीर घाइते भएको बताइएको छ।
ती महिला मङ्गलवार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी भएकी थिइन्। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो।
मानवाधिकारवादी समूहहरूका अनुसार ती महिलाको टाउकोमा गोली लागेको थियो।
प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन्। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन।
गत साता सैन्य कू भएपछि त्यसको विरोधमा दशौँ हजार मानिसहरूले विरोध गरिरहेका छन्।
बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको छ। राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन्।
सू चीको कार्यालयमा सेनाको कारबाही
तस्बिर स्रोत, Getty Images
म्यान्मारको सेनाले नेत्री आङ सान सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको दाबी उक्त दलले गरेको छ।
मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोको फोरेर भित्र छिरेको जानकारी बीबीसी बर्मिजले प्राप्त गरेको छ। त्यतिबेला कार्यालयमा पार्टीका कुनै कार्यकर्ता थिएनन्।
सेनाले रात्रिकालीन कर्फ्यूका बेला छापा मारेको थियो। अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ।
स्वागतम्
नमस्कार तथा शुभप्रभात।
आज माघ २८ गते बुधवार। तपाईँलाई हाम्रो
लाइभ पेजमा स्वागत छ।
अहिलेसम्मका प्रमुख अन्तर्राष्ट्रिय समाचारहरू यसप्रकार छन्:
अमेरिकी सिनेटरहरूले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध
महाभियोगबारे सुनुवाइ जारी राख्ने पक्षमा मतदान गरेका छन्। हाल पदमा नरहेको भन्दै
महाभियोग प्रक्रिया अगाडि बढाउनु असंवैधानिक भएको ट्रम्पको कानुनी समूहले दाबी
गरेको थियो। तर महाभियोग सुनुवाइलाई निरन्तरता दिनुपर्ने पक्षमा डेमोक्र्याट सांसदहरूसँगै छजना रिपब्लिकले
पनि मतदान गरे।
कोरोनाभाइरसबाट नराम्ररी प्रभावित बोलिभियाको
सान्ता क्रुज क्षेत्रमा स्वास्थ्यकर्मीहरूले लकडाउनका लागि अधिकारीहरूमाथि दबाव सिर्जना गर्न ४८ घण्टे
हडताल थालेका छन्। हडताले आपत्कालीन
सेवा तथा कोभिडसम्बन्धी उपचार प्रभावित भएका छैनन्।
चिलेले १०० जना आप्रवासीलाई भेनेजुएला र कोलम्बिया
फर्काउन लागेको छ। उत्तरी विकट सीमावर्ती क्षेत्र भएर देशभित्र छिर्ने आप्रवासीहरूको सङ्ख्यामा
वृद्धि भएपछि चिले सरकारले कारबाही थालेको हो।
सैन्य कूको विरोधमा भएका प्रदर्शनहरूपछि म्यान्मारमा सुरक्षाकर्मीहरूले
याङ्गुनस्थित नेत्री आङ सान सू चीको पार्टी कार्यालयमाथि छापा मारेका छन्।
न्याश्नल लीग फर डेमोक्र्यासीका नेताहरूका अनुसार सुरक्षाकर्मीले मङ्गलवार राति पार्टी
कार्यालयमा छापा मारेका हुन्।