म्यान्मारको सेनालाई बाइडनको चेतावनी, कूबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक बस्दै

म्यान्मारको सैनिक कू; विभिन्न देशद्वारा कूको निन्दा, नेपालमा सभामुखले संवैधानिक निकायका लागि गरिएका सिफारिसहरू फिर्ता पठाएकोप्रति राष्ट्रिय सभाका अध्यक्षको आपत्ति लगायत प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूको लाइभ अपडेट।

लाइभ कभरेज

  1. रुसी कोभिड खोप ‘करिब ९२ प्रतिशत प्रभावकारी’

    रुसद्वारा विकसित कोरोनाभाइरस विरुद्धको खोप ९१.६ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाहरूले देखाएका छन्।

    स्पुत्निक फाइभ खोपको तेस्रो चरणको परीक्षणका नतिजाहरू ल्यान्सट जर्नलमा प्रकाशित गरिएको हो।

    करिब बीस हजार सहभागीले त्यो खोपका दुई मात्रा लिएको जनाइएको छ।

    यसअघि ठूलो स्तरमा परीक्षण नै नगरी रुसी अधिकारीहरूले अनुमोदन गरेको भन्दै खोपलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका थिए।

    आर्जेन्टिना र बोलिभिया लगायतका देशले आफ्नो खोप कार्यक्रममा स्पुत्निक फाइभ प्रयोग गर्ने बताइसकेका छन्।

    स्पुत्निक फाइभ

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, करिब बीस हजार मानिस खोप परीक्षणमा सहभागी भएको जनाइएको छ
  2. किसान आन्दोलनसँग जोडिएका दर्जनौं खातामाथि ट्विटरको रोक

    भारत सरकारको निवेदनमा कानुनी सूचनापछि सामाजिक सञ्जाल ट्विटरले किसान आन्दोलनसँग जोडिएका भारतका दर्जनौं खाताहरू बन्द गरेको छ।

    त्यसरी बन्द गरिएका खाताहरू कृषिसम्बन्धी नयाँ कानुनविरुद्ध गरिएका किसानका प्रदर्शन र तिनका समर्थकसँग सम्बन्धित थिए।

    द क्याराभान पत्रिकाको खाता पनि बन्द गरिएको छ जसले भारत सरकारको आलोचना गर्ने गर्छ।

    सरकारी अधिकारीहरूले सार्वजनिक निर्देशनहरूमाथि धम्की आउन थालेको भन्दै त्यस्तो कदम आवश्यक भएको बताएका छन्।

    गत साता गणतन्त्र दिवसका बेला किसानहरूले राजधानी दिल्लीमा ठूलो र्‍याली गरेका थिए।

    ट्विटर

    तस्बिर स्रोत, REUTERS

  3. म्यान्मारको सेनालाई बाइडनको चेतावनी

    अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन्।

    बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्।

    अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गरेका छन्।

    संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।

    युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।

    जो बाइडन
  4. म्यान्मारबारे बोल्यो नेपाल

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

    नेपालको परराष्ट्र मन्त्रालय म्यान्मारमा विकसित घटनाक्रमबारे बोलेको छ।

    सोमवार साँझ एउटा विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले नेपालले सबै पक्षले "म्यान्मारका जनताको इच्छालाई सम्मान गर्ने" र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया शीघ्र पुनः स्थापित हुने विश्वास व्यक्त गरेको छ।

    सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र नेत्री आङ सान सू चीसहित अन्य नेताहरूको सुरक्षाबारे चासो व्यक्त गर्दै नेपालले उनीहरूलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ।

  5. सू ची र उनलाई थुन्ने सेनाप्रमुखबारे नेपाली नेताको अनुभव

    म्यान्मारकी नेत्री सू ची र उनलाई गिरफ्तार गरेर सैनिक शासन लगाएका सेनाप्रमुख दुवैले केही वर्षअघि नेपाल भ्रमण गरेका थिए

    उनीहरूसँगको भेटवार्तामा सहभागी दुई नेपाली नेताको अनुभव कस्तो छ त?

    • पढ्नुहोस् यो सामग्री
  6. म्यान्मारको सैन्य कूबारे कुन देशले के भने

    सेना प्रमुख मिन ओङ ह्लाइङ

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ

    म्यान्मारमा भएको सैनिक कूको विश्वभरिबाट निन्दा भइरहेको छ।

    संयुक्त राज्य अमेरिका, जापान, भारत, युरोपेली सङ्घ र म्यान्मारकै अधिकारीहरूले लोकतन्त्रको "सम्मान गर्न" अपील गरेका छन्।

    ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूलाई रिहा गर्न आग्रह गरेका छन्।

    म्यान्मारको प्रमुख व्यापार साझेदार चीनले सबै पक्षलाई "संविधानको पालना गर्न र स्थिरता कायम गर्न" आग्रह गरेको छ।

    तर म्यान्मारका दुई छिमेकी देशहरू थाईल्यान्ड र कम्बोडियाले सैनिक कूलाई त्यहाँको "आन्तरिक मामिला" भनेका छन्।

  7. कोभिड अपडेट: १५९ सङ्क्रमित, २६५ निको र शून्य मृत्यु

    एक साताभित्र दोस्रो पटक कोभिड-१९ का कारण नेपालमा सोमवार कुनै मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    सोमवार ४,१४५ जनाको पीसीआर परीक्षण गर्दा थप १५९ जनामा सङ्क्रमण पुष्टि भएको र २६४ जना निको भएको तथ्याङ्क छ।

    अहिले देशभरि सक्रिय सङ्क्रमितको कुल सङ्ख्या २,४८९ रहेको सरकारी तथ्याङ्कले देखाउँछ।

    कोरोना
  8. सैन्य कूको विरोध गर्न सू चीद्वारा आह्वान

    म्यान्मार

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, देशको राजधानीमा सैनिकहरू परिचालित भएका छन्

    सेनाले सत्ता आफ्नो हातमा लिएर एक वर्षका लागि सङ्कटकाल लगाएपछि म्यान्मारमा अन्योलको स्थिति उत्पन्न भएको छ।

    पक्राउ परेकी नेत्री आङ साङ सू चीले आफ्ना समर्थकलाई सेनाको कदम अस्वीकार गर्न र सैन्य कूको विरोध गर्न आह्वान गरेकी छन्।

    म्यान्मार

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, यान्गुन तथा अन्य सहरमा मानिसहरू एटीएमबाट पैसा निकाल्न थालेका छन्
    यान्गुनको सिटी हलभित्र पनि सैनिकहरू देखा परेका छन्

    तस्बिर स्रोत, Reuters

    सेनाको विरोध

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, विदेशस्थित म्यान्मारका नागरिकहरूले सेनाको कदमको विरोध गर्न थालेका छन्
    म्यान्मार

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, संसद्को बैठक बस्नुभन्दा केही घण्टाअघि सेनाले नेताहरूलाई पक्राउ गरेको थियो
  9. सभामुखको निर्णयप्रति राष्ट्रिय सभा अध्यक्षको आपत्ति,

    गणेशप्रसाद तिमिल्सिना

    तस्बिर स्रोत, SUPPLIED

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइसम्बन्धी कागजात फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गम्भीर आपत्ति प्रकट गरेका छन्।

    सभामुख सापकोटाले संवैधानिक परिषद्‌द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका थिए।

    तिमिल्सिनाले सभामुखको सोमवारको कदमले 'दुई सदनात्मक सङ्घीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भएको' बताएका छन्।

    उनले ती पत्र फिर्ता प्रक्रियामा राष्ट्रिय सभा संलग्न नरहेको भन्दै 'सुनुवाइका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुईतिहाइ बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने' कानुनी व्यवस्था नभएको दाबी गरेका छन्।

    "म समेत सहभागी भई निर्णय भएको संवैधानिक परिषद्का सिफारिसहरू विधिसम्मत ढङ्गले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको हो। प्रतिनिधिसभा विघटनपूर्व सङ्घीय संसद्का महासचिव एवं सुनुवाइ समितिका सचिवलाई सिफारिसपत्रहरू उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थामा हठात् सिफारिसपत्रहरू नेपालको संविधान र सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ विपरीत सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु," तिमिल्सिनाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

    यो पनि पढ्नुहोस्

    • सभामुखद्वारा संवैधानिक निकायका नियुक्ति 'फिर्ता', निर्णय प्रक्रियाको वैधानिकतामाथि प्रश्न
  10. कोरोनाभाइरस उपचारका लागि अर्बौँ चन्दा उठाएका पूर्वसैनिक सङ्क्रमित

    मूर

    तस्बिर स्रोत, PA Media

    कोरोनाभाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका यूकेका स्वास्थ्यकर्मीका लागि तीन करोडभन्दा बढी पाउन्ड (पाँच अर्बभन्दा बढी नेपाली रुपैयाँ) चन्दा उठाएका क्याप्टेन सर टम मूर कोभिड-१९ भएपछि अस्पताल भर्ना भएका छन्।

    सय वर्षीय पूर्वसैनिक मूरलाई बेडफर्ड अस्पताल लगिएको उनको छोरी हाना इन्ग्राम मूरले बताइन्।

    उनलाई गत साता कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र उनलाई सघन उपचारकक्षमा राख्नु नपरेको बताइएको छ।

    निमोनिया भएका कारण सर मूरलाई कोरोनाभाइरसको खोप दिइएको छैन।

    सयौँ जन्मदिनअगाडि आफ्नो बगैँचाको १०० फन्को घुमेर चन्दा उठाएका उनको प्रयासलाई धेरै चन्दादाताले सहयोग गरेपछि उनी चर्चामा आएका थिए।

    उनलाई ब्रिटिश महारानीले जुलाईमा सो कार्यका लागि सरको उपाधि दिएकी थिइन्।

    उनलाई सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री बोरिस जोनसन, स्वास्थ्यमन्त्री म्याट ह्यान्कक, इङ्ग्ल्यान्डको फुटबल टोलीसहित विभिन्न व्यक्ति र संस्थाले सुस्वास्थ्यको कामना गरेका छन्।

  11. भारतको बजेटमा स्वास्थ्य सेवालाई प्राथमिकता

    वित्तमन्त्री निर्मला सीतारमण

    तस्बिर स्रोत, EPA

    भारतले स्वास्थ्य सेवा तथा पूर्वाधारमा ठुलो लगानी गर्ने महत्त्वाकाङ्क्षी योजनासहित नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

    नयाँ सार्वजनिक स्वास्थ्य केन्द्र तथा अनुसन्धान केन्द्रहरूको निर्माणमा ३० अर्ब डलरभन्दा बढी खर्च गरिने बजेटमा प्रतिबद्धता जनाइएको छ।

    कोभिड-१९ खोपमा पनि थप लगानी गर्ने घोषणा गर्दै भारतले थप दुई वटा खोप चाँडै उपलब्ध हुनसक्ने जनाएको छ।

    सडक तथा रेल सञ्जालको आधुनिकीकरणमा खर्च बढाउने कुरा पूर्वाधार विकास योजनामा समेटिएको छ।

    वित्तमन्त्री निर्मला सीतारमणले “यसअघि कहिल्यै नझेलिएको परिस्थिति”मा बजेट तयार पारिएको बताएकी छन्।

  12. नुवाकोटमा नेकपाका दुई समूहबीच भिडन्त,

    नुवाकोटमा नेकपाका दुई समूहबीच झडप भएको छ।

    केपी शर्मा ओलीको समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र अन्य नेतालाई कालो झण्डा देखाउने क्रममा प्रचण्ड-माधव नेपाल पक्षीय कार्यकर्ता, ओली पक्षीय कार्यकर्ता र प्रहरीबीच झडप भएको प्रहरीले बताएको छ।

    झडपका क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगै आएको एउटा गाडीको सिसा फुटेको र पोखरेलको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

    झडपमा प्रचण्ड-नेपाल समूहका विनोद कोइराला र प्रदीप भट्टसहित केही व्यक्ति घाइते भएको उक्त समूहका एक नेता उद्धव पनेरूले बताए।

    ईश्वर पोखरेल र लेखराज भट्ट

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेकपाको पार्टी कार्यालय विदुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि सहभागी भएका थिए
  13. प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज देशभरि वटै जिल्लामा प्रदर्शन गरिरहेको छ।

    तेस्रो चरणको आन्दोलनअन्तर्गत नेपाली कांग्रेसका १३ वटा भातृसङ्गठनको संयुक्त आयोजनामा एकैचोटि प्रदर्शन गरिएको हो।

    पार्टीका शीर्षस्थ नेताहरूले विभिन्न जिल्ला भइरहेका प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

    नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको यसअघि नै बताइसकेको छ।

    कांग्रेसले भ्रष्टाचार र सुशासनसहितका मुद्दा प्रदर्शनमा उठाउने पनि प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

  14. म्यान्मारको कूसँग माघ १९ को तुलना

    यो X पोस्ट छोड्नुहोस्, 1
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 1

    यो X पोस्ट छोड्नुहोस्, 2
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 2

    यो X पोस्ट छोड्नुहोस्, 3
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 3

    यो X पोस्ट छोड्नुहोस्, 4
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 4

  15. बर्ड फ्लू देखिन थालेपछि प्रयोगशाला फिर्ता गर्न आग्रह,

    बर्ड फ्लू

    तस्बिर स्रोत, SPL

    नेपालमा पनि बर्ड फ्लू देखिन थालेपछि विज्ञहरूले परीक्षणको दायरा विस्तार गर्नुपर्ने स्थिति आउन सक्ने औँल्याएका छन्।

    त्यसैले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस परीक्षणका लागि प्रयोग गरिरहेका पशुपक्षी प्रयोगशालाहरू फिर्ता गर्न आग्रह गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरसको पीसीआर परीक्षणका लागि लिएका पाँच वटामध्ये एउटा मात्रै प्रयोगशाला अहिलेसम्म फर्काइएको बताइएको छ।

    अहिले देशका कुनै पनि भागमा चराचुरुङ्गीहरू अस्वाभाविक रूपमा मरेको भेटिएमा काठमाण्डूमा ल्याएर परीक्षण गर्ने गरिएको अधिकारीहरूको भनाइ छ।

    सङ्क्रमण बढ्दै गएमा समस्या हुने भन्दै प्रयोगशाला फिर्ताका लागि आग्रह गरिएको मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुख डा. विमल कुमार निर्मलले बीबीसीलाई बताए।

    सबै प्रदेशका प्रयोगशालाहरू फिर्ता ल्याएर तयारी अवस्थामार राखिएमा बर्ड फ्लूको सङ्क्रमण बढेको बेलामा परीक्षण गर्न र बैलैमा नियन्त्रणमा ल्याउन सहज हुने उनको भनाइ छ।

    अहिलेसम्म काठमाण्डूको तारकेश्वर नगरपालिकामा मात्रै बर्ड फ्लू देखिएको र अन्यत्रबाट ल्याइएका नमुना परीक्षण गर्दा नदेखिएको बताइएको छ। अहिले हवाई र सडक यातायाताका माध्यमबाट नमुनाहरु काठमाण्डू ल्याएर जाँच्ने काम भइरहेको छ।

    पशुपक्षी विकास मन्त्रालयले अहिलेसम्म देखिएको बर्ड फ्लूको भाइरस मानिसमा असर गर्ने खालको नभए पनि यसले रूप परिवर्तन गर्न सक्ने भएकाले सर्वसाधारणलाई सचेत रहन भनेको छ।

    देशका कुनै पनि भागमा अस्वाभाविक रूपमा पन्छीहरू मरेको देखिएमा खबर गर्न र बेलैमा परीक्षण गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

  16. अहिले म्यान्मारको अवस्था के छ?

    यो X पोस्ट छोड्नुहोस्, 1
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 1

    प्रमुख सहरहरूमा इन्टरनेट र केही फोन सेवाप्रदायकले उपलब्ध सेवाहरू अवरुद्ध भएका छन्।

    सरकारी टेलिभिजन एमआरटीभीले प्राविधिक कारणले आफ्नो प्रसारण बन्द गरिएको जनाएको छ।

    राजधानीसँगको सञ्चार सम्बन्ध विच्छेद भएको छ। त्यहाँको अवस्थाबारे केही थाहा हुन सकेको छैन।

    पुरानो राजधानी यान्गुनमा सीमित रूपमा फोन र इन्टरनेट चलेको देखिन्छ। तर धेरै सेवाप्रदायकले आफ्नो सेवा बन्द गरेका छन्।

    बीबीसी वर्ल्ड न्यूज टेलिभिजन र अन्य विदेशी टीभीलाई अवरुद्ध गरिएको छ भने स्थानीय टीभी स्टेशनहरूले आफ्नो प्रसारण बन्द गरेका छन्।

    यान्गुनमा मानिसहरूले एटीएमबाट पैसा निकाल्न थालेको विवरण प्राप्त भएको छ।

    केही स्थानमा एटीएम चल्न छोडेको छ भने ब्याङ्कहरू अर्को सूचना प्रकाशित नभए सम्मका लागि बन्द हुने जनाइएको छ।

    यो X पोस्ट छोड्नुहोस्, 2
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 2

    यो X पोस्ट छोड्नुहोस्, 3
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 3

  17. को हुन् आङ सान सू ची?

    सू ची

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    आङ सान सू ची म्यान्मारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी हुन्। उनी अहिले ७५ वर्षकी भइन्।

    सन् १९४८ मा म्यान्मारले औपनिवेशिक ब्रिटिश शासनबाट मुक्ति पाउनु केही समयअघि जेनरल आङ सानको हत्या भएको थियो। त्यतिबेला सू ची दुई वर्षकी थिइन्।

    सू चीलाई कुनै बेला मानवाधिकारकी प्रतिमूर्ति मानिन्थ्यो। उनले सैन्य शासनविरुद्ध धेरै लामो समय सङ्घर्ष गरेकी थिइन्।

    सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाउँदा उनी घरमै नजरबन्द थिइन्। उनी सन् १९८९ देखि २०१० सम्म झन्डै १५ वर्ष सेनाको नियन्त्रणमा बस्न बाध्य थिइन्।

    नोभेम्बर २०१५ मा उनको नेतृत्वमा न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले निर्वाचनमा ठूलो बहुमत प्राप्त गर्‍यो। म्यान्मारमा २५ वर्षपछि स्वतन्त्र निर्वाचन भएको थियो।

    विदेशी नागरिकसँग विवाह गरेर जन्मिएका सन्तान पनि विदेशी नागरिक नै भएकाले म्यान्मारको संविधानले उनलाई देशको राष्ट्रपति बन्न रोक्छ। तर सत्तारूढ दल र सरकारमा उनकै नेतृत्व भएको देखिन्थ्यो।

    तर म्यान्मारको काउन्सलर पद ग्रहण परेपछि अल्पसङ्ख्यक रोहिन्ज्या मुस्लिमसँग गरिएको व्यवहारका कारण उनको चर्को आलोचना भयो।

    सन् २०१७ मा सेनाले दमन गर्न थालेपछि हजारौँ रोहिन्ज्याहरू म्यान्मार छोडेर छिमेकी बाङ्ग्लादेशमा शरण लिन गएका थिए। सेनाको अत्याचार रोक्न उनले केही नगरेको भनेर सू चीको आलोचना भएको थियो।

  18. म्यान्मारमा सेनाद्वारा कू

    सू ची

    तस्बिर स्रोत, Reuters

    म्यान्मारमा सेनाले आङ सान सू चीसहित सत्तारूढ दलका शीर्ष नेताहरूलाई पक्राउ गरेर देशको शासनसत्ता आफ्नो हातमा लिएको छ।

    विवादास्पद निर्वाचनपछि सरकार र सेनाबीच तनाव उत्पन्न भएको थियो।

    सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  19. स्वागतम्

    नमस्ते। तपाईँलाई हाम्रो लाइभ पेजमा स्वागत छ।

    आज हामी यो पेजमा नेपाल तथा विश्वका अन्य स्थानमा विकसित मुख्य घटनाक्रमबारे समाचार तथा अन्य सम्बन्धित सामग्री प्रकाशित गर्नेछौँ।

    तपाईँको कुनै सुझाव र जिज्ञासा भए हामीलाई सम्पर्क गर्ने इमेल [email protected] हो।