'मेरो छोरा निर्दोष छ, ऊ फर्कने बाटो हेरिरहेका छौँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'मेरो छोरा निर्दोष छ, ऊ फर्कने बाटो हेरिरहेका छौँ'
'मेरो छोरा निर्दोष छ, ऊ फर्कने बाटो हेरिरहेका छौँ'

अक्टोबर ७मा इजरेलमा भएको हमासको आक्रमणपछि कञ्चनपुरका विपिन जोशी हराइरहेका छन्।

त्यस आक्रमणमा परेर अन्य १० जना नेपालीको मृत्यु भएको थियो।

त्यो आक्रमण भएकै दिन दिउसो छोरासँग सम्पर्क भएको आमा पद्मा जोशी बताउँछिन्।

केही कुरा सिक्न र पढ्न गएको मेरो छोरासँग सम्पर्क नभएको २५ दिन भइसक्यो।

"यदि बन्धक नै बनाइएको हो भने पनि विपिनको छिटो रिहाइ गरिदिनुहोस्", पद्माले बीबीसी न्यूज नेपालीलाई बताइन्।

हराइरहेका छोराको पर्खाइमा रहेकी विपिनकी आमा छोराबारे के भन्छिन् र उनको खोजी गर्न के के गरिरहेकी छिन्?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।