अयोध्यामा रामको मूर्तिमा अभिषेक गर्न नेपाली नदीको जल
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको छ।
नेपालका विभिन्न नदीबाट पानी सङ्कलन गरिएको जलको विशेष महत्त्व भएको जानकी मन्दिरका महन्त रामरोशन दासले बीबीसीलाई न्यूज नेपालीलाई बताए। राम मन्दिरको प्राणप्रतिष्ठा आगामी ज्यानुअरी २२ मा हुने भनिएको छ।
विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा यो जल सङ्कलन गरी जनकपुरबाट अयोध्या लगिएको हो।
मिथिलामा छोरीज्वाइँले नवभवन निर्माण गरी गृह प्रवेश गर्दा माइतीबाट कोसेली लैजाने चलन रहिआएको छ ।
राम मन्दिरको जलाभिषेक गर्नका लागि कसरी जल लगिँदै छ? जनकपुरबाट बृजकुमार यादवको सहयोगमा सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



