दुई अमेरिकी अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा स्वागत

भिडिओ क्याप्शन सुरु हुँदैछ,
दुई अमेरिकी अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा स्वागत

नासाका दुई अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुगेका छन्।

सुनीता विलिअम्स 'सुनी' र ब्यारी विल्मोर 'बुच' बोइङ कम्पनीको 'स्टारलाइनर क्याप्स्यूल' मा चढेर आईएसएसतिर गएका हुन्।

निकै लामो र कठिन प्रयासपछि विकसित 'स्टारलाइनर' यानले पहिलो पटक मानिसलाई अन्तरिक्षमा पुर्‍याएको हो।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित 'केनडी स्पेस सेन्टर' बाट बुधवार उक्त यान प्रक्षेपण गरिएको थियो।

यसअघि उक्त यान प्रक्षेपण गर्ने प्रयास दुई पटक विफल भएको थियो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।