प्रहरीको ‘टाइगर’ कसरी बन्यो ‘उत्कृष्ट कुकुर’
प्रहरीको ‘टाइगर’ कसरी बन्यो ‘उत्कृष्ट कुकुर’
नेपाल प्रहरीले यस वर्ष ‘टाइगर’ नामको कुकुरलाई 'उत्कृष्ट प्रहरी कुकुर' को उपाधिबाट सम्मानित गरेको छ।
नेपाल प्रहरी केनाइन कार्यालयका अनुसार सिन्धुपाल्चोक र नुवाकोटमा दुई महिलाको हत्या भएका घटनाको अनुसन्धान गर्न यो कुकुरले सघाएको थियो।
कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन पारेर आज ‘टाइगर’लाई सम्मान दिइएको हो।
हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधिको पहिचान र प्राकृतिक विपद्का घटनामा उद्धार तथा खोजी कार्यमा तालिमप्राप्त कुकुर प्रयोग गरिँदै आएको छ।
हाल नेपाल प्रहरीले देशभरिका १२ स्थानबाट विभिन्न प्रजातिका १०० वटा कुकुरलाई अपराध अनुसन्धानमा परिचालन गर्दै आएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।





