हवाईमा ज्वालामुखीबाट बगेको लाभाले बनाएको आकर्षक आकृति

भिडिओ क्याप्शन सुरु हुँदैछ,
हवाईमा ज्वालामुखीबाट बगेको लाभाले बनाएको आकर्षक आकृति

संयुक्त राज्य अमेरिकाको हवाईस्थित किलोवेअ ज्वालामुखी फेरि विस्फोट भएको छ।

यो 'टाइमल्याप्स भिडिओ'मा उक्त ज्वालामुखी केही साताको अवधिमा सातौँ पटक विस्फोट भएको दृश्य देखिन्छ।

ज्वालामुखी विस्फोट भएपछि बगेको लाभाले उक्त पर्वतवरिपरि आकर्षक र चम्किलो आकृति बनाएको थियो।

स्थानीय अधिकारीहरूका अनुसार लाभाका कारण नजिकै रहेका घर वा अन्य भौतिक संरचनाका कुनै क्षति पुगेन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।