'आफूलाई महँगो लुगा र मेकअप किन्दिनँ, त्यही पैसाले बाटोका कुकुरहरूलाई खाना खुवाउँछु ’
बुढानीलकण्ठकी ४७ वर्षीया पेमा घले शेर्पाको दिनचर्या अरू महिलाको भन्दा फरक छ।
उनी हरेक दिन दुईदेखि तीन घण्टा सडक कुकुरहरूका लागि खाना पकाउँछिन्। त्यसरी पकाएको खाना स्कुटरमा राखेर बाटो बाटोमा रहेका भोका कुकुरहरूलाई बाँड्न निस्कन्छिन्।
उनी यो काममा कटिबद्ध देखिन्छिन्। दैनिक १३० कुकुरहरूका लागि खाना पकाउने गरेको उनी बताउँछिन्।

कुकुरहरूलाई खाना खुवाउन उनलाई मासिक ३० हजार जति खर्च लाग्ने गरेको उनी बताउँछिन्।
“महङ्गो महङ्गो लुगा किन्दिनँ, मेकअपका सामान पनि महँगो किन्दिनँ।
"मेरो व्यक्तिगत खर्च कटाएर म बेवारिसे कुकुरहरूलाई खाना खुवाउँछु," उनले भनिन्।
राति जति ढिलो भए पनि उनीहरूलाई खाना खुवाएर घर आउँदा थकाइ नलाग्ने र भित्रबाट एउटा शक्ति आउने उनको अनुभव छ।उनले सडकका कुकुरहरूका लागि किन र कसरी खाना बनाउँछिन् र खुवाउँछिन्? भन्नेबारे उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
End of अनि यो पनि:




