अमेरिकामा ३७ वर्षे युवकको ज्यान जाने गरी गोली प्रहार गरिँदा खिचिएको भिडिओ
संयुक्त राज्य अमेरिकाको मिनियापोलिसमा सङ्घीय आप्रवासन अधिकारीहरूले एक ३७ वर्षे युवकको मृत्यु हुने गरी कारबाही गर्दै गर्दाको एक प्रत्यक्षदर्शीले खिचेको भिडिओ सार्वजनिक भएको छ।
ट्रम्प प्रशासनले अवैध आप्रवासन नियन्त्रण गर्न भनेर सुरक्षा कारबाही थालेपछि यो महिना उक्त सहरमा दुई जनाको मृत्यु भइसकेको छ।
अहिलेको घटनाबारे सङ्घीय अधिकारीहरू र राज्यका अधिकारीहरूले दिएका विवरणबीच मेल खाँदैन।
अमेरिकाकी आन्तरिक सुरक्षामन्त्री क्रिस्टी नोमका अनुसार अधिकारीहरूले आफ्नो प्रतिरक्षाका लागि गोली प्रहार गरेका थिए।
तर मिनिसोटा राज्यका गभर्नर टिम वाल्जले उक्त घटनाबारे सङ्घीय अधिकारीहरूले दिएको विवरण "मूर्खतापूर्ण" र "झुटो" भएको दाबी गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



