नेपालमा 'अज्ञात सङ्क्रमण' बढ्यो, चीनको 'निमोनिया'सँग के साइनो छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, अज्ञात सङ्क्रमणः चीनमा 'निमोनिया'सँगै नेपालमा नयाँनयाँ सङ्क्रमण फैलिँदै
नेपालमा 'अज्ञात सङ्क्रमण' बढ्यो, चीनको 'निमोनिया'सँग के साइनो छ?

चीनमा बालबालिकामा ‘निमोनिया’को लक्षणसहितको सङ्क्रमणको प्रकोप फैलिएको समाचार आइरहेका बेला नेपालमा पनि उस्तै लक्षण देखिने बिरामीहरूको सङ्ख्या बढेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन्।

नेपालमा कुनकुन सङ्क्रमण परीक्षण गरिन्छन्? के चीनमा देखिएको पछिल्लो सङ्क्रमणसँग नेपालको सङ्क्रमण मिल्दो छ?

हेर्नुहोस् कमल परियारले डा. पुनसँग कुरा गरेर बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।