‘यो प्रदूषित हावा हाम्रो फोक्सोमा गइराख्यो भने क्यान्सर हुनसक्छ’
के तपाईँलाई थाहा छ हामीले अहिले फेरिरहेको सासका कारण हामीलाई क्यान्सर र मस्तिष्कघात जस्ता दीर्घ रोग हुनसक्छ?
यो साता काठमाण्डू उपत्यका संसारकै बढी प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि पर्यो।
यसको अर्थ हो हामीले फेर्ने सास निकै हानिकारक छ।
एक्यूआई भनिने प्रदूषण नाप्ने सूचकले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्छ।
केही दिन यता देशका विभिन्न ठाउँमा तुवाँलोको बाक्लो तह देखिएको छ।
प्रायः सुख्खा याममा हुने डढेलोका कारण वातावरण झन् प्रदूषित हुने गर्छ।
सन् २०२१ को सुख्खा याममा पनि डढेलो लागेका कारण प्रदूषण उच्च बनेको थियो।
केही दिनयता काठमाण्डू उपत्यका, तराई तथा देशको मध्य र पूर्वी भागमा पनि यस्तै तुवाँलोको तह देखिएको छ।
प्रदूषित हावाले हाम्रो शरीरलाई के गर्छ र प्रदूषणबाट हामी कसरी बच्ने?
ह्याम्स अस्पतालका श्वासप्रश्वास विशेषज्ञ डा. अर्जुन कार्कीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि:




