अन्तरिक्षमा 'हात मिलाए'पछि पृथ्वीमा जागेको आशा
शीतयुद्धताका संयुक्त राज्य अमेरिका र तात्कालिक सोभियत सङ्घबीच सम्बन्ध निकै चिसिएको थियो। तर ती दुई देश सन् १९७५ मा एउटा संयुक्त अन्तरिक्ष अभियान सञ्चालन गर्न सहमत भए।
उक्त अभियानको उद्देश्य अमेरिकी अपोलो स्पेस क्याप्स्यूललाई सोभियत सोयुज अन्तरिक्षयानसँग जोड्नु थियो।
दुई देशबीच कूटनीतिक सम्बन्धमा सुधार हुन थालेपछि उक्त सहकार्य भएको थियो।
पृथ्वीको सतहभन्दा २०० किलोमिटरमाथि ती दुई यान जोडिएको र दुई देशका अन्तरिक्षयात्रीहरूको भेट भएको दृश्य लाखौँ मानिसले टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत् हेरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



