भारतीयको मुटु नि:शुल्क पाएकी पाकिस्तानी आयशा
पाकिस्तानकी १९ वर्षकी एक युवतीले भारतमा एक ६९ वर्षीय भारतीय पुरुषबाट मुटु दान पाएकी छिन्।
यी दुई देशबीच राम्रो सम्बन्ध नभए पनि यो मुटु ट्रान्सप्लान्टले धेरैको हृदय छोएको छ।
आयशा रशीद सात वर्षकी हुँदा उनको मुटुको २५ प्रतिशत हिस्सा खराब भइसकेको थियो।
सन् २०१९ मा पाकिस्तानबाट भारतको चेन्नईमा उपचारका लागि आएको केही समयपछि उनलाई हृदयाघात भयो।
त्यसपछि चेन्नईमै उनमा एउटा कृत्रिम पम्प जडान गरियो। दुई वर्षपछि उनमा फेरि नयाँ सङ्क्रमण देखियो।
त्यसपछि उनमा नयाँ मुटु प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको थियो।
हेर्नुहोस् यो भिडिओ।
प्रडुसर: शारदा वी
भिडिओ/सम्पादन: जनारथन
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



