'मिसिङ क्रिप्टोक्वीन'को बल्गेरिआली माफियासँग सन्दिग्ध सम्बन्ध

भिडिओ क्याप्शन सुरु हुँदैछ, मिसिङ क्रिप्टोक्वीनः मृत्यु भइसक्यो कि जीवितै छिन्?
'मिसिङ क्रिप्टोक्वीन'को बल्गेरिआली माफियासँग सन्दिग्ध सम्बन्ध

जाली क्रिप्टोकरेन्सी 'वनकोइन'की संस्थापक रुजा इग्नाटोभा विश्वकै सर्वाधिक खोजी गरिएकी महिला हुन्।

उनलाई "मिसिङ क्रिप्टोक्वीन" पनि भनिन्छ। लगानीकर्ताहरूबाट ४.५ अर्ब अमेरिकी डलर ठगेर बेपत्ता भएपछि उनी अमरेकाको सङ्घीय अनुसन्धान ब्यूरो 'एफबीआई'ले खोजी गरिरहेका शीर्ष १० अर्थात् 'टप टेन मस्ट वान्टेड'मा परेकी छन्।

इग्नाटोभालाई सन् २०१७ मा सोफिआबाट विमान चढेर एथन्स गएपछि कतै देखिएको छैन।

उनी बेपत्ता भएको विषयमा पाँच वर्ष अनुसन्धान गरेपछि बीबीसीले रुजा इग्नाटोभाको एउटा बल्गेरियाली सङ्गठित आपराधिक गिरोहका सन्दिग्ध नाइकेसँग निकट सम्बन्ध भएको पत्ता लगायो अनि उनको क्रूरतापूर्वक हत्या भइसकेको भन्ने कुरा पनि सुन्यो।

के 'मिसिङ क्रिप्टोक्वीन' पैसा लिएर फरार भएकी हुन्? कि उनको संरक्षणको जिम्मा लिएका मानिसहरूले नै उनको हत्या गरे?

हेर्नुहोस् यो भिडिओ।

बीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।