विश्व मुटु दिवस: मुटुले हामीसँग खासमा के खोज्छ?
विश्व मुटु दिवस: मुटुले हामीसँग खासमा के खोज्छ?
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार मुटुरोगले विश्वमै सबभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ।
संसारभर हरेक वर्ष १ करोड ७९ लाख मानिसहरू मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ।
मुटुरोग अन्तर्गत हरेक पाँचमध्ये चार जनाको हृदयाघातका कारण मृत्यु हुने गरेको छ।
अस्वस्थकर खानेकुरा, निष्क्रिय जीवनशैली, धुमपान र मदिराको हानिकारक तहमा प्रयोग लगायतले मुटुरोग हुने जोखिम बढाउँछन्।
धुमपान रोकेर, खानामा नुनको मात्रा कम गरेर तथा धेरै सागपात फलफूलको मात्रा बढाएर मुटुलाई बचाउन सकिने चिकित्सकहरू बताउँछन्।
मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला भन्छन्, “आधा घण्टा दिनको नियमित व्यायाम गर्ने हो भने मुटु रोग लाग्नबाट बच्न सकिन्छ।”
भिडिओ: कमल परियार र सृजना श्रेष्ठ






