'महिला भएकाले पटकपटक आफूलाई प्रमाणित गर्नुपर्यो' : मुख्यसचिव गडतौला
नेपालको प्रथम महिला मुख्यसचिव बनेकी लीलादेवी गडतौला उमेरहदका कारण भदौ १५ गतेपछि सेवा निवृत्त हुँदै छिन्।
तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि उनले सरकारले मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्।
बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा आफूले ‘सोच्दै नसोचेको’ जिम्मेवारी पाएको बताएकी उनले महिला भएकै कारण विगतमा आफू कैयौँ पटक भूमिकाविहीन बन्नुपरेको तथा पटकपटक प्रमाणित गर्नुपरेको बताएकी छन्।
आफ्नो छोरालाई छात्रावासमा राखेर समेत आफू पढाइमा होमिएको उनले बताएकी छन्।
निजामती सेवामा उनको अनुभव र मुख्यसचिवसम्म यात्रामा उनले गरेको सङ्घर्षबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्।
अन्तर्वार्ता : कमल परियार
भिडिओ : विजय गजमेर
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



