३० भन्दा बढी भाषा बोल्ने यी व्यक्ति

भिडिओ क्याप्शन सुरु हुँदैछ, ३० भन्दा बढी भाषा बोल्ने यी व्यक्ति
३० भन्दा बढी भाषा बोल्ने यी व्यक्ति

रुवान्डाको किगालीका हबिनेजा आन्टोँले ३० भन्दा बढी भाषा सिकेका छन्। उनी ती सबै भाषा बोल्न सक्छन्।

आफ्ना नजिकका एक आफन्तबाट प्रभावित भई सानै उमेरदेखि नै आफूमा धेरै भाषाप्रतिको चासो विकास भएको उनको भनाइ छ।

यस भिडिओमा हामीले उनको भाषागत दक्षताको परीक्षण गरेका छौँ।

साथै उनलाई कुन भाषा सबैभन्दा सरल र कुन सबैभन्दा कठिन लाग्छ भनेर पनि सोधेका छौँ।

उनले हामीलाई आफूले सपना देख्ने भाषाहरूबारे पनि बताएका छन् र नयाँ भाषा सिक्न चाहनेहरूलाई केही सुझाव पनि दिएका छन्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।