शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदा अदालतभित्रै हर्षोल्लास

भिडिओ क्याप्शन सुरु हुँदैछ,
शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदा अदालतभित्रै हर्षोल्लास

बाङ्ग्लादेशमा एउटा विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई गत वर्ष सयौँ मानिसको मृत्यु भएको आन्दोलन दमन गरेको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

ढाकास्थित बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले उनीसहित उनको मन्त्रिपरिषद्‌मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनले मानवताविरुद्धको अपराध गरेको ठहर गरेको हो।

फैसला सुनाइँदा अदालतको कक्षमा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए। मृत्युदण्डको फैसला सुनाइँदा अदालतभित्र र बाहिर मानिसहरूले हर्षोल्लास गरेका थिए।

अदालतबाहिर एउटा सानो समूहले हसिनालाई फाँसी दिनुपर्ने भन्दै नाराबाजी गरेको थियो। अदालतको मर्यादा कायम राख्न आग्रह गरिएपछि भित्र भएका मानिसहरू केही बेरमै शान्त बनेका थिए।

हसिनाले पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै त्यो "पूर्वाग्रही र राजनीतिक रूपबाट प्रेरित भएको" टिप्पणी गरेकी छन्।

हेर्नुहोस् यो भिडिओ।

पूरा समाचार

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।