नक्खु खोलाको बाढीले बगाएकी छोरीलाई किनारामा कुर्दै छन् उनका बुवा

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाढीले बगाएकी छोरीलाई कुर्दै किनार नछाडेका बुवा
नक्खु खोलाको बाढीले बगाएकी छोरीलाई किनारामा कुर्दै छन् उनका बुवा

घण्टौँसम्म पानी परिरहेका बेला गत शनिवार बिहान ललितपुरको नक्खु खोला किनाराको एउटा भिडिओ सामाजिक सञ्जालमा 'भाइरल' भयो। त्यसमा उर्लिएको भेलको बीचमा रहेको जस्तापाताको टहरोको छानामा चढेर चार जना व्यक्ति उद्धारका लागि पर्खिरहेको देखिन्थ्यो।

त्यहाँ रौतहट स्थायी घर भई सोही क्षेत्रमा ग्रिल व्यवसाय गर्ने राजु साह र उनका दुई छोरीहरू पनि थिए।

केही समयपछि साह र उनकी जेठी छोरीको उद्धार गरिए पनि उनकी पाँचवर्षे कान्छी छोरी अझै बेपत्ता छिन्।

साह अझै उनी भेटिने आशमा प्रतीक्षारत छन्।

हेर्नुहोस् साहसँग कुराकानी गरेर कमल परियारले बताएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।