क्यानडा पढ्न गएका विद्यार्थीको सपना कसरी चकनाचुर हुन्छ
क्यानडा सरकारको तथ्याङ्कका अनुसार विगत केही वर्षमा क्यानडामा कलेज भर्ना हुन आउने विदेशी विद्यार्थीको सङ्ख्या बढेको छ।
सन् २०१५ देखि २०२० सम्ममा क्यानडाका कलेजहरूमा भर्ना हुने विदेशी विद्यार्थीको सङ्ख्या १५४ प्रतिशतले बढेको एउटा सरकारी प्रतिवेदनमा उल्लेख छ।
क्यानडामा पढ्ने विदेशी विद्यार्थीले सामान्यतया क्यानडाकै विद्यार्थीभन्दा तीनगुना बढी शुल्क तिर्ने गरेका छन्।
आफ्नो आम्दानी बढाउन कलेजहरूले विद्यार्थीबाट धेरै शुल्क उठाएको कुरा क्यानडाका आप्रवासन मामिला हेर्ने मन्त्रीले पनि स्वीकार गरेका छन्।
यी चुनौतीहरूकै माझ पनि क्यानडामा पढ्न विद्यार्थीको आकर्षण कायम छ।
बीबीसी संवाददाता सरबजीत सिंह धालीवालले क्यानडामा अध्ययनरत केही भारतीय र नेपाली विद्यार्थीसँग कुरा गरी उनीहरूले क्यानडा जानुअघि देखेको सपना र हाल भोगेको यथार्थबीचको फरक खुलासा गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



