भर्चूअल रीयालटी गेमले भूकम्प जाँदा मानिसलाई कसरी जोगाउन सक्छ

भर्चूअल रीयालटी गेमले भूकम्प जाँदा मानिसलाई कसरी जोगाउन सक्छ

भूकम्प आउँदा मानिसहरू अत्तालिन्छन् र जोगिने प्रयासमा गल्ती गर्छन्। कोही सोचविचार नगरी दौडिन थाल्छन् वा के गर्ने भन्ने बिर्सेर अलमलमा पर्छन्।

पोर्चुगलस्थित एउटा विश्वविद्यालयले भर्चूअल रीयालटीमा आधारित एउटा गेम बनाएको छ जसमा भूकम्प जाँदाको अवस्था अनुभूति गर्न सकिन्छ।

धेरै भूकम्प गइरहने इन्डोनेशियामा विद्यार्थीहरू भूकम्प जाँदा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा सिक्न यो गेम खेल्छन् र त्यसबाट तालिम लिन्छन्।

बीबीसी विश्व सेवाको 'पीपल फिक्सिङ द वर्ल्ड' की मायरा अनुबीले भूकम्प जाँदाको अवस्था अनुकरण गरिएको उक्त भीआर गेम खेलेकी छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।