महिला हिंसा अन्त्य गर्न के हुनुपर्छ?
गत बिहीवार सिरहा नगरपालिका ८ की कञ्चनदेवी मण्डल खत्वे जलेर सख्त घाइते हुँदा शुक्रवार उपचारका क्रममा मृत्यु भयो।
उनलाई श्रीमानले मट्टीतेल खनाएर आगो लगाएको मृतकका आफन्तको आरोप छ।
महिला र बालबालिकासँग सम्बन्धित हिंसाका घटनाहरूका उजुरी विगत पाँच वर्षमा दोबरले बढेको बताइन्छ।
विद्यमान कानून बलियो नभएको र भएका कानून समेत कार्यान्वयन हुन नसकेकाले महिला हिंसामा कमी हुन नसकेको अधिकारकर्मीको भनाइ छ।
यसै सन्दर्भमा महिला हिंसा किन बढ्दै छन् र समाधानका लागि के गर्न सकिएला भनि केही महिलाहरूसँग काठमाण्डूमा गरिएको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ -