बम विस्फोटमा दुवै खुट्टा गुमाएका लाहुरेको सगरमाथा चढ्ने तयारी

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुवै खुट्टा नभएका लाहुरेको सगरमाथा सपना
Published

सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका हरिबहादुर बुढा मगर रोल्पामा ३९ वर्षअघि जन्मेका हुन्।

अफगानिस्तानमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएपछि पनि उनले हरेस खाएनन्।

दृढ आँट र अठोटका साथ उनी अब सगरमाथा चढ्ने ध्याउन्नमा छन्।

उनी राजकुमार ह्यारीले शुरु गरेको 'इन्भिक्टस गेम्स', जसमा ब्रिटेन र अमेरिका सहित विभिन्न देशका शारीरिक अपाङ्गता भएका सैनिकले भाग लिन्छन, त्यसमा सहभागी भएका छन्।

साथै युरोपका केही पर्वत र नेपालका शिखरमा पनि चढेका छन्।

उनको सगरमाथा सपना र त्यसको तयारीबारे हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।