बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फिर्ता

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाली वन्यजन्तु अधिकारीहरुले बाढीका कारण भारत पुगेका गैँडाहरुलाई स्वदेश फर्काइरहेका छन्।

गत हप्ताको बाढीले बगाएर भारत पुर्याएको गैँडालाई नेपाली वन्यजन्तु अधिकारीहरुले चितवन राष्ट्रिय निकुञ्जमा फिर्ता ल्याउने गरिरहेका छन्। भारततर्फका स्थानीयबासी र वन्यजन्तु अधिकारीहरुको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा विज्ञ अधिकारीहरुले दुर्लभ एकसिंगे गैँडालाई नेपाल फर्काएका छन्। हेर्नुस् त्यस प्रकृयाको भिडिओ।

स्रोत: ईश्वर जोशी, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष